Logo

अन्ततः रोशनीले लिखित निवेदन दर्ता गरिन्, महरामाथि लागेको आरोप झूटो भएको जिकिर



काठमाडौं, १५ असोज । रोशनी शाही अन्ततः लिखित निवेदन बोकेर प्रहरीकहाँ पुगेकी छिन् । आफूमाथि कृष्णबहादुर महराबाट जबरजस्ती करणी भएको भन्दै हाम्राकुरा डकमका पत्रकार अजयबाबु शिवाकोटीसँग सनसनीपूर्ण खुलासा गरेकी शाहीले दुव्र्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार शाहीले आजमात्रै महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा लिखित निवेदन दर्ता गराएकी हुन् । उनले दर्ता गराएको लिखित निवेदनमा आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको जनाएकी छिन् ।

शाहीले हिजोमात्रै एक अनलाईनलाई अन्तर्वार्ता दिँदै आफूमाथि महराबाट कुनै दुव्र्यवहार नभएको दाबी गरेकी थिईन् । उक्त भिडियो बाहिरिएसँगै यो प्रकरणमा नयाँ ट्विस्ट आएको थियो । त्यसको भोलिपल्ट अर्थात् आज बुधबार शाहीले निवर्तमान सभामुख महरामाथि लागेको आरोप झूटो भएको जिकिर गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot