Logo

कपडा बरामद



पर्सा,१६ असोज । प्रहरीले अवैध कपडा बरामद गरेको छ । प्रहरीले १४ असोजमा बेलुकाको समयमा विभिन्न सामान बरामद गरेको हो ।
भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरेको हो ।

पर्सा बीरगंज महानगरपालिका२४ रमगढवाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सर्ट पाईन्टको थानको कपडा २५ थान, कुर्ता सुरुवालको कपडा ११ पिस वरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot