Logo

विश्वकप फुटबल एशिया छनोटमा एकै दिन १६ खेल (को कोसँग खेल्दै, सूचीसहित)



काठमाडौं, २३ असोज । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा एशियातर्फको छनोट अन्र्तगत आज एकै दिन १६ खेल हुँदैछ । आज नेपालले अष्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । आज ३२ टोलीबीच हुने प्रतिष्पर्धाले एशियाली छनोटको दोस्रो चरण पार गर्ने सम्भावित टोलीको स्थिति पनि आँकलन गर्न सजिलो हुनसक्छ ।

बलिया टोलीहरुमध्ये अधिकांशले दोस्रो चरण पार गर्ने अवस्था बनाइसकेका छन् । यद्यपि केही आश्चर्यजनक परिणामहरु पनि आएका छन् । खेल न हो जे पनि हुनसक्छ । विश्वकप खेलिसकेका टोली पनि कमजोर टोलीसँग हारेको उदाहरण छ ।

समूह ए
सिरिया विरुद्ध मालदिभ्स, चीनविरुद्ध गुआम
समूह बी
अष्ट्रेलिया विरुद्ध नेपाल, जोर्डन विरुद्ध कुवेत
समूह सी
इरान विरुद्ध कम्बोडिया, इराक विरुद्ध हङकङ
समूह डी
साउदी अरेबिया विरुद्ध सिंगापुर, उज्बेकस्तान विरुद्ध यमन
समूह ई
ओमान विरुद्ध अफगानिस्तान, बंगलादेश विरुद्ध कतार
समूह एफ
जापान विरुद्ध मंगोलिया, किर्गिजस्तान विरुद्ध म्यानमार
समूह जी
युएई विरुद्ध इन्डोनेशिया, भियतनाम विरुद्ध मलेशिया
समूह एच
लेबनन विरुद्ध तुर्केमिनिस्तान, दक्षिण कोरिया विरुद्ध श्रीलंका



प्रतिक्रिया दिनुहोस्

Screenshot