काठमाडौं, २९ असोज । कृषि सचिव युवकध्वज जीसीले नेपालको कृषि उत्पादन विदेशमा निर्यात हुनथालेको बताएका छन् । कृषिप्रविधिमा नयाँपन ल्याएर अझ निर्यात वृद्धि गरी आयात घटनाउने नीति लिइएको खुलाएका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
नेपालमा कृषिको अवस्था कस्तो छ ?
कृषि भन्ने बित्तिकै नेपालको सन्दर्भमा भन्नुपर्दा मूख्य बाली धान हो । धान अलिकति समयमा रोप्न नपाइएको अवस्था छ । पछिल्लो समय हाइब्रिड धानमा बाला नलाग्ने, विभिन्न रोगको प्रकोपले गर्दा अलि दुखित भएका छौं । यसले गर्दा अलिकति कम हुने हो कि भन्ने देखिएको छ । धानको तुलनामा अरु बालीहरुको ठिकै अवस्था देखिएको छ ।
कृषिमा हामीले प्रगति गर्न सक्छौं त ?
कृषिमा प्रगति गरिरहेको अवस्था छ । यसमा छिट्टै प्रभाव भइहाल्ने भन्दा पनि अहिले नेपालको समग्र कृषि क्षेत्रलाई नियाल्दा नपुग अवस्था देखिँदैन । तरकारी बाहिरी मुलुकतिर पनि निर्यात हुनथालेको छ । यसपालि देखि दशैंमा जसरी खसीबोका बाहिरबाट आयात गर्नेगरिएको थियो, त्यो अवस्था रहेन । बरु हाम्रै बोकाखसीहरु नबिकेको अवस्था देखियो । त्यसले तरकारी र मासुमा हामी आत्मनिर्भर भएको अवस्था छ । नेपाल अहिले दूध, फलफूल, तरकारी र मासुमा आत्मनिर्भर भइसकेको अवस्था हो । त्यसपछि धानलगायत प्रमुख बालीहरुमा पनि आत्मनिर्भरताको नजिक नजिकमा छौं । खाने संख्या र उत्पादनको तादम्यता नमिलेको कारणले अहिलेकाहीं तलमाथि परेको जस्तो देखिन्छ । त्यस्तो अवस्थालाई परिपूर्ति गर्नका लागि केही आयात गर्नुपर्ने अवस्था देखिन्छ । त्यसलाई पनि परिपूर्ति गर्नका लागि नीति तथा कार्यक्रम लिएर तिनैतहका सरकारहरु लागिपरेका छौं ।
कृषिप्रविधिमा नयाँपन ल्याउन सकेको छैन भन्ने जनगुनासो छ नि ?
कृषिप्रविधिमा नयाँपन ल्याउन नसकिएको कुरा सही हो । तरकाहरुहरु हाइटेकबाट उत्पादन गर्ने नयाँ प्रविधिको पैयोग गर्ने भन्ने क्रमशः आएको छ । भरखरै चिनियाँ राष्ट्रपति आएको सन्दर्भमा हामीले पनि कृषिमा खासगरी फलफुलमा नेपालबाट चीनतिर सुन्तला, जुनारा पठाउने सम्झौता गरेका छौं । यी फलफुलहरु आयात गर्नेगरेको अवस्था थियो, अहिले कसरी निर्यात गर्न सके ? भन्ने प्रश्न आउन सक्छ । यो जिज्ञासालाई परिपूर्ति गर्नका लागि हामीले पहिला बजारको सुनिश्चितता गर्नुआवश्यक छ । बजारले पनि उत्पादित जिलाई सही मूल्य निर्धार गरी खरिदबिक्री गर्नुपर्ने आवश्यकता छ । कहिलेकाही गालभेडा धेरै उत्पादन गर्ने अनि बिकेन भनेर भौतारिने अवस्था पनि छन् । त्यसैले हामीले उत्पादन पनि गर्दै जाने र सँगसँगै बजारको पनि सुनिश्चितता पनि गर्दै जानुपर्छ । त्यसैले बजार र उत्पादन दुवै परिपुरक अंगहरु हुन् । यो भ्रमणमा बजारको क्षेत्रमा दूरगामी असर पर्ने खाले सम्झौता गरेका छौं । नेपालस्थित सिन्धुली, रामेछाप एरियाको जुनार, सुन्तला चीनतिर निर्यात गरी यहाँकोभन्दा बढी मूल्यमा बिक्री गर्न सकिन्छ । यसले किसानहरुमा हौसला पैदा गराईं उत्पादनमा समेत बृद्धि हुने छ । यसले गुणस्तरीय फलपूmलमा पनि सघाउ पु¥याउँछ । हामीले कृषिक्षेत्रमा जब उत्पादन बढाउन थाल्छौं सँगै बजार व्यवस्थाको पनि ख्याल गर्नुपर्छ । त्यसो भयो भने किसानहरुलाई घाटा पनि हुँदैन । उपभोक्ता पनि ठगिनुपर्दैन । अहिलेको सम्झौताले उत्पादन र बजारलाई सन्तुलन ल्याउने काम गरेको प्रस्ट हुन्छ ।
कृषिहरुले सरकारबाट कुनै पनि सुविधा नपाएको गुनासो छ नि ?
हामी सामु अनगिन्ती समस्याहरु छन् । त्यसको समाधानका लागि प्रत्न नगरेको होइन । किसानका लागि अति आवश्यक भनेको बल र बिऊ हो । रासानिक मल नेपाल सरकारले अनुदानमा दिँदा १४ रुपैयाँमा दिइरहेको अवस्था छ । यो पहाड, तराई, हिमाल सबैतिर समान हिसाब दिइएको छ । यसरी मल, बिऊलगायत अन्य चिजमा पनि किसानहरुलाई अनुदानको व्यवस्था गरेका छन् । यतिहुँदाहुँदै पनि जति किसानको चाहना र आवश्यकता हो, त्यति दिननसकेको अवस्था कृषिलगायत अन्य क्षेत्रमा पनि छ । क्रान्ति भन्नाले खुडा, खुकुरी, भाला, बन्दुक लिएर हिड्ने कुरा भएन । पहिला नेपालमा तरकारी बाहिरबाट ल्याउने अवस्था थियो भने अहिले कतार, हङकङमा निर्यात हुनथालेको छ । धानमा भने केही आयात गर्नुपर्ने दुखलाग्दो अवस्था छ । ३७, ३८ लाख मेट्रिक उत्पादन भइराखेको स्थितिमा अहिले ५६, ५७ लाख मेट्रिक्टन भएको अवस्था छ । ६५ देखि ७० मेट्रिकटनको टार्गेट हाम्रो हो । कतिपय अवस्थामा नपुग भएरभन्दा पनि बासनादार चामल तथा खाद्यान्न, महंगा चिजहरु किन्ने बानीले गर्दा पनि आयतको अवस्था देखिएको हो । पछिल्लो समय नेपालीहरुमा क्रयशक्ति पनि बढेको छ । त्यसले गर्दा आफ्नो देशको खाद्यान्न हुँदाहुँदै पनि अन्य मुलुकबाट महंगा चामल आयात गर्ने बानीले त्यस्तो देखिएको हो । उत्पादनकै कुरा गर्ने हो भने धानालई छोडेर मकै, कोदो, फापर, जौऊ, गहुँलगायत हेर्दा सवा करोड मेट्रिकटन उत्पादन भइरहेको छ । हिजो हामीले जुन खालको खानाको बारेमा अध्ययन गरेर आयौं । अहिलेको खानामा त्यो फिट भएको अवस्था छैन । डिमान्डको रुपमा अस्वभाविक रुपले कस्मेटिक फुडमा बड्दै गएको छ । हामीले आफ्नो खाद्यान्तमा ध्यान दिएनौं । त्यसले गर्दा खाद्य सुरक्षालाई मिलाएर जान सकिएको छैन । यति हुँदाहुँदै पनि संघीय संरचनाअनुसार काम गर्दै जाने हो भने परिवर्तन ल्याउन सकिन्छ भन्नेमा म विश्वस्त छु ।
नेपाललाई चीनले कृषिप्रविधिमा धैरै सहयोग गरेको होइन ?
नेपालको कृषि प्रविधिलाई अगाडि बढाउने विषयमा चीनसँग अत्यन्तै दूरगामी सम्झौता भएको छ । हामीसँग उत्पादन बढी भएर बाटाभरि फालिएको अवस्थाको सम्झौता भन्दा पनि हाम्रा उत्पादनलाई बहुमल्यमा उहाँले लाने अवस्था सिर्जना भएको छ । हिसानहरुले हौसलापूर्वक कृषिउत्पादनमा लाग्ने अवस्था आएको छ । गुणस्तरीय उत्पादनको परिस्थितिको सिर्जना भएको छ । पछिल्लो समयमा कृषिका मा, तअन्यक्षेत्रमा परिवर्तन ल्याउने देखिएको छ । अहिले जसरी जमीन बाँझो भयो भन्ने तीतो भनाइनो केही बढेको पनि छ । बाँझो हुने धेरै कारणहरु छन् । केहीमा खर्च अनुसारको उत्पादन नभएका कारणले बाँझो रहेकाछन्, भने केहीमा जनशक्तिको कमीले जग्गाजमिन बाँझो रहेको हो । त्यस्ता जमिनहरु छन् भने कागती रोपौं, पानी लाग्ने ठाउँ छ भने माछापोखरी स्थापना गरौं । कम्तिमा बाँदरले त खाँदैन । यही हिसाबले पशुपालन पनि गरौं । जसरी हामीले पाडा, भैंसी, बाख्रा, कुखुरा पालन गरेर बाँझो रहेको जग्गाको सदुपयोग गर्न सकिन्छ । किसानको तत्परतासँगै नेपाल सरकारले पनि हामी गुणस्तरीय उत्पादन पनि बढाउन सक्छौं । अन्य देशमा उत्पादनहरु पनि पठाउन सकिन्छ ।
धेरै कृषियोग्य भूमिका प्लटिङको समस्या किन आयो ?
पूर्वराष्ट्रपतिज्यू, राम्रो कुरा उठाउनुभएको । कृषिलाई त्यसभित्र मात्रै ठाउँदा न्याय हुँदैन । कृषिलाई किसानसँग जोड्नुपर्छ । जसलाई त्यसका यावत समस्याहरु थाहा हुन्छ । कृषिविकासले कृषिमा धेरै कुरा परिवर्तन गरेको छ । यसमा कृषिबिमा, सहुलियतपूर्ण ऋण, मल, बिऊ आदि पनि महत्वपूर्ण हो । जलवायु परिवर्तनले पनि कृषिउत्पादनलाई असर पु¥याईरहेको छ । अहिले यथास्थिति वा शास्त्रीय कृषि प्रणालीबाट व्यवसायिक कृषितिर उन्मुख हुनुहो । कृषिक्षेत्रका थुप्रै तँगाराहरुमध्ये एउटा जमिनको भूस्वामित्व पनि जोडिएको विषय हो । यो विषयलाई हामीसँग प्रदेश नम्बर दुईका उबर्भूमि, कृषि उत्पानका प्रमुख क्षेत्र पनि हुन् । सिंगो जमिन प्लटिङमा जानु भनेको बढो दुखलाग्दो कुरा हो ।
जग्गा प्लटिङलाई न्यूनिकरण गर्न भूउपयोगको कानुन बनएर व्यवस्थित गर्ने गरिएको छ । त्यसको लागि पहिला नीतिमात्रै थियो, अहिले कानुनको व्यवस्था गरिएको छ । मानिसको मन नमिले पनि चक्लावन्दीमा खुती गर्नुपर्ने अवस्था आएको छ । कुनै पनि जमीन बाँझो रहनुभन्दा त्यो जमीन व्यक्तिकै नाममा सुरक्षित रहने गरी चक्लावन्दी गरेर खेतीमा प्रयोग गर्न सकिन्छ । यसरी कृषकलाई आकर्षित गर्न पनि सकिन्छ । कृषिमा विविधिकरण र यान्त्रिकरण गरेर चक्लाबन्दीमा खेली गरियो भने कृषि उत्पादनमा पनि बृद्धि हुन्छ । किसानहरु पनि कृषितिर आकर्सित हुन्छन् । विकसित देशहरुको अवस्था पनि त्हयी हिजोको स्वीट्जरल्यालगायतका विकसित मुलुकहरुले पनि जग्गाजमीनलाई चक्लावन्दी गरेर कृषिमा उत्पादन गरियो जसको कारण खाद्यान्नमा आत्मनिर्भर भए । १५, १६औं शताब्दीतिर उनीहरुले हामीहरुले जस्तो गोरु जोतेको, कोदालाकोदाली खनेको अवस्था थियो । त्यसलाई हटाएर कृषिलाई आधुनिकीकरण र औजारिकरण गरी कृषिलाई आधुनिकता दिइएको अवस्थामा मात्र त्यहाँ कृषिक्षेत्रको विकास भएको हो । हिजो हाम्रो अवस्थाबाट आज व्यवसायिक र आधुनिक कृषिमा परिणत भएको स्थिति हो । हामीले पनि आउँदा दिनमा भूमिको स्वामित्व र भूउपयोगको कानुनको व्यवस्था गरेर कृषिक्षेत्रलाई सुरक्षित मजबुत बनाउन सकिन्छ । यसरी कृषिक्षेत्रलाई आधुनिकीकरण गरियो भने हाम्रो देशमा केही परिवर्तन अवश्य आउँछ ।
File Photo