स्नाइपर राइफल विश्वको सबै भन्दा खतरनाक हतियार मध्ये एक हो । उक्त राइफल विशेषज्ञ सिपाहीहरुलाई मात्र दिइने गरिन्छ । यसको काम लामो दुरीमा रहेको शत्रुहरु अथवा शत्रुको समुहहरुलाई ढाल्ने हो । आजकाल स्नाइपर राइफलहरू म्यानुअल बोल्ट–एक्शन वा अर्ध स्वचालित हुन्छन् ।
खुला एपर्चर वा टेलिस्कोपिक प्रयोग गरेर स्नाइपरले निशाना लगाएर शत्रुलाई मार्ने गर्छन् । ब्यारेट एम ८२ अहिलेको सबै भन्दा उत्कृष्ट राइफल हो । भित्ता प्रवेश गर्न सक्ने क्षमताको लागि यो राइफल परिचित छ । कम दूरीमा रहेको ट्यांकर समेतलाई पनि यसले नष्ट गर्ने क्षमता राख्दछ । यो राइफललाई १९९२ मा ब्यारेट फायरआर्मसद्वारा निर्माण गरिएको हो ।
स्नाइपर राइफललाई संवेदनशील शत्रुहरुको रडार उपकरणहरू, ट्रकहरू र पार्क गरिएका विमानहरू, साथ–साथै विस्फोटकहरूको रिमोट विनाशको लागि प्रयोग गरिन्छ । यो करिब १२०–१४० से.मी लामो हुने गर्छ । यसको तौल १३ देखि १४ के.जी सम्म हुने गर्छ । यसले करिब १८०० मीटर सम्मको दुरीलाई निशाना बनाउने क्षमता राख्छ । यसलाई केवल ५० सशस्त्र फोर्सद्वारा चलाउने गरिन्छ । अहिले सम्म इराक र अफगानिस्तानमा यसको अत्यधिक प्रयोग भएको देखिन्छ । Photo Source: Army Technology