Logo

बेलायती राजकुमार राजकुमारी पाकिस्तानको अटोरिक्सामा



बेलायती राजकुमार विलियम र उनकी श्रीमती केट मिडलटनले अटो रिक्शाको यात्रा तय गरेका छन् । इस्लामाबादमा आयोजित रात्री भोजमा विश्वको सबै भन्दा उच्च स्तरीय जोडी अटो रिक्शामामा आइपुगेका हुन् । आफ्नो सुरक्षालाई निकै गम्भीर रुपमा हेर्ने उच्च स्तरीय व्यक्तिले देखाएको यो दृश्यले सबैलाई चकित बनाएको छ ।

यी जोडी १४ अक्टोबर इस्लामाबाद आइपुगेका थिए । उनीहरुको यो पाकिस्तान आगमनलाई एक दशक भन्दा बढीको पहिलो शाही यात्रा मानिन्छ । उनीहरु पाँच दिने भ्रमणमा पाकिस्तान आएका थिए । इस्लामाबादको राष्ट्रिय स्मारकमा बेलायती उच्चायुक्त थामस ड्र्यू सीएमजीले आयोजना गरेको स्वागत समारोहमा क्याम्ब्रिजको ड्यूक र डचेस पनि उपस्थित भएका थिए । बेलायती शाही जोडीको यस्तो कार्यले सामाजिक सञ्जालमा निकै प्रशंसा कमाएको छ । Photo Source: Indian Express

 

 



प्रतिक्रिया दिनुहोस्