Logo

विकिनी लगाउँदा पक्राउ



फिलिपिन्सको लोकप्रिय पर्यटक टापु बोरासेको तटमा विकिनी लगाएकोमा एक महिलालाई पक्राउ गरिएको छ । उनलाई विकिनी निषेधित गरेको ठाउँमा खुला विकिनी लगाएको कारण पक्राउ गरी २५०० पिको जरिवाना गरिएको छ । लिन जु टिंग नाम गरेकी महिला आफ्नो साथीसँग फिलिपिन्सको टापुमा घुम्न आउँदा उक्त घटना घटेको हो ।

प्रहरीले उनलाई पर्यटकीय स्थलमा आफ्नो शरीर देखाएको र सामाजिक संजालमा राखेको भनेर पक्राउ गरेको थियो । उनले आफ्नो प्रोफाइलमा राखेको उक्त तस्विरले निकै चर्चा पाएको कारण फिलिपिन्स सरकार बालाको ध्यान केन्द्रित गरेको थियो । प्रहरीले महिलालाई “कामुक र अश्लील फोटो” उपधारा अन्तरगत समातेको थियो । प्रहरीले उनलाई यस्तो प्रकारको गतिविधि नगर्न चेतावनी समेत दिएको छ । यो घटनापछि अधिकारीहरुले होटल र रिसोर्ट मालिकहरुलाई घुम्न आउने पर्यटकहरुलाई देशको बारेमा सूचना दिन समेत आदेश दिएका छन् । Photo Source : Indian Express 



प्रतिक्रिया दिनुहोस्

Screenshot