Logo

मन्त्रीमण्डल पुर्नगठन गर्दा हुन पनि सक्छ-प्रधानमन्त्री ओली



काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली खरो स्वभावका छन् । मनमा लागेको प्रष्ट बोल्ने उनले सरकारमा मन्त्रीहरुको फेरबदललगायतका विषयमा ऋषि धमलासँग बुधबार विशेष कुराकानी गरेका छन् । उनीसँगको कुराकानीः

नेकपाको चियाँपानले कस्तो सन्देश दिएजस्तो लाग्छ ?
हाम्रो देशमा विविधतामा एकता र सहिष्णुता छ । हाम्रा चाडपर्वहरुले विभिन्न जातजाति, वर्ग, समुदायलाई एकतामा बाध्न सिकाएको छ । राष्ट्रिय एकताको साथ विकास निर्माणमा अगाडि बढ्नुपर्ने सन्देश चाडपर्वको अवसरमा गरिएको चीयापानले दिएको छ ।
राष्ट्रिय सहमति बन्यो अब यो चियापानले ?
अवस्य पनि राष्ट्रिय सहमति छ । किन भने यहाँ जनचिर्वाचित सरकार छ । लोकतन्त्र, समावेसी, सहअस्तित्व छ । सबैले स्वीकारेको व्यवस्था छ । त्यसकारण हाम्रो देशमा विकास निर्माणको लागि राष्ट्रिय सहमति छ ।
कहिलेसम्ममा भ्रष्टाचार अन्त्य भएर मुलुक समृद्ध भन्छ ?
देश, विदेश सबैतिरको सहयोग र मसर्थन भएकाले अब मुलुक छिट्टै भ्रष्टाचाररहित, सुशासनयुक्त र समृद्ध हुन्छ ।
मन्त्रिमण्डल पुनर्गठन गर्न लाग्नुभएको हो ?
त्यो चर्चा चाहिं चलिसकेको छैन । मन्त्रिमण्डल पुनर्गठन गर्दा हुन पनि सक्छ ।
यसको बारेमा छलफल भएको छैन ?
अहिलेसम्म भएको छैन । गर्दा हुन पनि सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot