Logo

सहायक निरीक्षक घुस सहित नियन्त्रणमा



महोत्तरी, १ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी कर्मचारीलाई तेह्र हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत सहायक निरीक्षक बृजेशप्रसाद चौधरीलाई ३० असोजमा नियन्त्रणमा लिएको हो ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट गएको टोलीले चौधरीलाई घुस रकम सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot