ललितपुर, २ कात्तिक । र्दुलभ सालक भेटिएको छ । महालक्ष्मी नगरपालिका-८ शंखादेवी नजिकै चारघरेमा साँझ सालक भेटिएको हो ।
सालक भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले सालकको जिम्मा लिएको छ । सालक खतरामा परेको वन्यजन्तुमा पर्छ । शंखादेवी क्षेत्रमा विगतमा पनि सालक भेटिएको रेकर्ड छ ।
शंखादेवी क्षेत्रमा विभिन्न वन्यजन्तु भेटिन्छन् । तर, जंगल फँडानी गरी अवैध रुपमा प्लटिङ गर्न थालेपछि वन्यजन्तु संकटमा परेका छन् । यस क्षेत्रमा पहाड जथाभावी डोजर लगाएर भत्काउने क्रियाकलाप भएपछि विरोध भइरहेको छ । विरोधका बाबजुद भूमाफियाले जंगल बिगारिरहेका छन् ।
तस्बिर स्रोतः देवु केसी