Logo

सुनको विमानः विमान भित्रै कन्सर्ट हल (फोटोफिचर)



काठमाडौं, ३ कार्तिक । हाम्रो देशमा सुनको मूल्य दिनप्रतिदिन बढ्दै गएको भएपनि संसारमा त्यस्ता पनि देश छन जहाँ सुनको कुनै मूल्य नै छैन् ।

पशुपतिनाथको गजुर सुनले बनेको थियो भनेर सुन्दा अचम्म मान्ने हामीलाई सुनले बनेको विमानको बारेमा सुन्दा अचम्म लाग्नु स्वभाविक पनि हो ।

 

सुनले बनेको ट्वाइलेट, सुनले बनेको कारको बारेमा त हामीले सुनेकै छौं तर हवाइजहाज नै सुनले बनेको भने बिरलै सुनिएको होला । सुनै सुनले बनेको हवाईजहाज संसारकै सबैभन्दा महँगो विमान भएको दाबी गरिएको छ ।

 

यो विमानको मुल्य पाँच सय मिलियन डलर रहेको बताइन्छ । बिमानका मालिक हुन साउदी अरबका प्रिन्स अलवालिदविन तलाल । उनले बिमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् ।

बाहिर सुनौलो देखिने विमानको भित्री भाग पनि पूरै सनले नै बनाइएको जनाइन्छ । विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ । जहाँ यात्रुहरुले कुनै फङ्सन गर्न सकुन भन्ने हेतुले उनले विमानभित्र कन्सर्ट हल बनाउन लगाएका हुन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot