Logo

बसको ठक्करबाट महिलाको मृत्यु



काठमाडौं, ६ कात्तिक । हलचोकमा आज बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नागर्जुन नगरपालीका-३ ठुलो भर्‍याङ बस्ने ६७ बर्षीया सानुमाया श्रेष्ठको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

आज बिहान ९ बजे बा ४ ख ८४०६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot