Logo

मोटरसाइकलको ठक्करबाट मृत्यु



मकवानपुर, ६ कात्तिक । बकैया गाँउपालीका-४ तामारखोलामा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बकैया गाँउपालीका-७ अँधेरीका अन्दाजी ५५ बर्षीय कृष्ण बहादुर ल्होको मृत्यु भएको हो ।

आज बिहान साढे ९ बजे हात्तिसुडेबाट हेटौडा तर्फ जाँदै गरेको प्रदेश ३, ०३ ००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी चौकी हात्तिसुडेले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकको प्रहरीको निग्रानीमा स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot