Logo

अध्यक्षहरुबीच आलोपालोको सहमति कार्यान्वयन नभए अस्थिरता आउँछ- मणि थापा, नेता नेकपा



काठमाडौं, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता मणि थापा अध्यक्ष प्रचण्डका निकटस्थ हुन् । माओवादी जनयुद्धमा सहभागी भएर राजनीतिक आरोह अवरोह पार गर्दै अहिलेको स्थानमा पुगेका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विषय कुराकानीः

तपाईंहरुको पार्टी एकता प्रक्रिया अभैm टुंगिएन किन ?
एकता प्रक्रिया टुंग्याउन पहिला विचारमा छलफल गरेर संगठनमा आउनुपथ्र्यो । तर हामीले पहिला चुनावी तालमेल गरेर अनि विचारमा छलफल गर्न कोसिस ग¥यौैं । अहिले लिडरसिपलाई मुख्य प्रश्न बनाउँदा आएको समस्या हो भन्ने मलाई लाग्छ ।
केपी ओली र प्रचण्डबीचमा अभैm मन मिलेको छैन सही हो ?
सबैले कम्युनिस्ट आन्दोलनलाई भन्दा आपूmलाई केन्द्रमा राखेर अगाडि बढेपछि त कसरी मन मिल्छ ? देश दुनियाँ कहाँ पुगेको छ, त्यसलाई ख्याल नगरी आपूm र आफ्ना गुटलाई मात्रै केन्द्रमा राखेपछि कुरा मिल्दैन । तर, समग्र देश, माक्सवाद, लेनिनवाद, कार्यकर्ता र बेपत्ता परिवारहरुलाई केन्द्रमा राखेर जानुपर्छ । त्यसमा पनि अझ हामी हिजो घोषणा–पत्रमा जे भनेका थियौ, त्यो र हिजो पार्टी एकताको घोषणामा जुन उद्देश्य लिएका थियौं, त्यसलाई केन्द्रमा राखेर अगाडि बढ्नेहो भने कुरा मिल्छ । तर, आफ्नो भविष्यको मात्रै चिन्ता गर्ने हो भने कुरा मिल्दैन । उहाँहरुको मात्रै कुरा मिलेर हुँदैन हाम्रो पनि मिल्नुपर्छ ।

द्वन्द्वपीडितका घाउहरु तपाईंहरुले अभैm कोट्याइरहनुभएको छ, मलमपट्टी त लगाउन सक्नुभएन नि ?
जनयुद्धको घाउ त अभैm पुरिएन । सहिद परिवार, बेपत्ता परिवारहरु, बैरगमित जनमुक्ति सेना साथसाथै विभिन्न आन्दोलनका घाइते र अपांग यी त फिजिकली घाइते र अपांगता भए । मुख्य रुपले जनताले जे सपना देखेर जनयुद्ध, जनआन्दोलनमा लागे । त्यो सपना साकार पार्ने दिशामा हामी छौं कि छैनौं भन्ने कुरामा हामी सबैले सोच्नुपर्ने विषय भएको छ । हामी सबै आफ्नै डम्फु बजाउने, देश र जनताको डम्फु कसले बजाउने ? यो भनिरहँदा नेपालको राजनीति, नेपालीहरुका मनोवृत्ति, संस्कार, संस्कृति कहाँ पुग्यो भन्नेतिर ठूलो प्रश्न खडा भएको छ । त्यो प्रश्न कम्युनिस्ट पार्टीलाई मात्र होइन, अरुलाई पनि छ । नेकपा सत्तामा भएकाले यसलाई अलि नयाँ ढंगले उठेको छ । किन भने कम्युनिस्ट पार्टी भनेको श्रमजीवीहरु, मजदुरहरु, किसानहरु, पिछडा, सर्वहारावर्गको पार्टी भएकाले जनताले आधारभूत ढंगले प्रश्न उठाएका छन् । त्यसकारण यहाँ ठूलो परिवर्तमानको आवश्यकता छ । हामीले सि निन पिङको भ्रमण गरायौं । त्यो भ्रामणमा उहाँले ‘सम्पत्तिमा मोह गर्नेहरु कम्युनिस्ट हुन सक्दैनन्,’ भन्नुभएको छ । त्यसकारण यी धेरै कुरामा छलफल र बहसको आवश्यकता छ । तर, छलफल बहसभन्दा पनि पावरको लडाइँ छ, यो विडम्बनाको कुरा हो । यसलाई सुधार गर्नुपर्छ ।
नेताहरुले यसलाई सुधार गर्न चाहेका छन् ?
चाहँदै चाहनुभएको छैन भन्न त सकिँदैन । तर, आवश्यकता अनुसारको रुपान्तरमा चाहीं अगाडि बढेको छैन । आवश्यकता एकातिर छ, हामीले बहस अर्कोतिर गरेर निष्कर्ष निस्किँदैन । त्यसकारण म नेताहरुलाई के भन्न चाहन्छु भने, ‘कम्तिमा दिनको एकघण्टा चाहीं देश र जनताको बारेमा चिन्तित भइदिनुहोस्’ । अहिले जनताको आशा एकदमै चुलिएको छ । त्यसलाई सम्बोधन गर्न सकिएन भने देश फेरि अराजकतिर जाने सम्भावना हुन सक्छ । हामी गम्भीर हुनुपर्ने दिन आएको छ । त्यसको मतलब फेरि काम भएकै छैनन् भन्ने पनि होइन । केही प्रयासहरु भइराखेका छन् ।
सरकारको साइज र हुंकार अनुसार प्रभावकारी काम त हुन सकेन नि ?
सरकारको बलबुता अनुसारको काम हुन नसक्दा जनता र कार्यकर्ताहरु खुशी छैनन् । तिनलाई कसरी खुशी पार्ने भन्नका लागि हामीले पहिला पार्टीलाई सुदृढ बनाउनुपर्छ । तल्लो लेबलसम्म पार्टीका मिटिङ, बैठकहरु हुनुपर्यो । अब सचिवालयको बैठकले त समस्या समाधान हुँदैन भन्ने कुरा प्रमाणित भइसकेको छ । स्थायी समिति र सेन्ट्रलकमिटीको बैठक हुनुपर्छ । त्यो पनि कम्युनिस्ट पार्टीको जस्तो जीवन्त र कामकाजी बैठक हुनुपर्छ । यसबाट जसरी ब्याकिङि भएको यसले सबैलाई चिन्तित बनाएको छ । यसमा दुई÷चारजना नेताहरु चिन्तित छन्, त्यतिले मात्रै यति ठूलो जहाजले समुन्द्र पार गर्न सक्दैन । त्यसको निम्ति माथितलसम्मका अबयबहरु सुचारु हुनुपर्छ । नेतादेखि कार्यकर्तासम्म सबै सचेत र जागरुक हुनुपर्छ । सबैले रकेट स्प्रिटमा काम गर्नुपर्छ नत्र जनअपेक्षा अनुसारका रिजल्ट आउँदैन । काम गर्दा परिणाममुखी हुनुपर्छ ।
प्रधानमन्त्री केपी ओली र प्रचण्डको सम्बन्ध कस्तो छ ?
उहाँहरुको सम्बन्ध राम्रै भएको पाइएको छ । प्रचण्डले पनि सुमधुर बनाइराख्नुभएको छ, त्यसमा खेल्ने प्रयास नगरियोस् भनिरहेको अवस्था हो । उहाँहरुबीचमा सम्बन्ध राम्रो हुनुपर्ने आवश्यकता छ । त्यो लेभलका नेताहरुमा कहिलेकाहीं दरार पैदा हुनु स्वभाविक पनि हो । कहिलेकाही बिग्रिने भत्किने भइराखेको छ, त्यो एउटा संघर्षको तरिका पनि हो । समग्रमा सम्बन्ध राम्रो हुनुपर्ने अहिलेको ऐतिहासिक आवश्यकता हो, त्यसको विकल्प पनि छैन ।
पहिला आलोपालोमा सहमति भएको थियो, तर प्रधानमन्त्रीले त्यो कुरा उठाएर अस्थिरता ल्याउने काम नगरौं भन्नुभएको छ नि ?
त्यो निहुँमा अस्थिरता त ल्याउनुहुँदैन तर समझदारी अनुसार जान पनि हामी तयार हुनुपर्छ । त्यो समझदारी अनुसार गएनौं भने अस्थिरता त्यहींबाट सिर्जना हुन्छ । त्यसको लागि नयाँ समझदारी हुनुपर्छ । अहिलेको अवस्थामा आपैmबीचको झगडा ल्याएर जनतालाई अलमल्याउनुहुँदैन । आपूmलाई भन्दा जनतालाई केन्द्रमा राख्ने बेला हो । पछिल्लो समय हामी सहमति, सहकार्य जे भनेका छौं, त्यसमा नेपाली कांग्रेसलाई पनि साथमा लिएर समाजवाद उन्मुख संविधान भनेर बनाएका छौं । त्यो समाजवाद उन्मुख संविधान त कम्युनिस्ट पार्टीले मात्रै ल्याउने होइन होला, यहाँ सबै पार्टीको साथ सहयोगमी हुनेहोला, त्यसकारण वृहत्तर सहमति र सहकार्यको आवश्यक अहिले पनि टड्कारो रुपमा देखिएको छ । संघीयतासहितको लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्न अरुको पनि सहयोग लिएर अझ नयाँ आयामसहित एकतामा अगाडि बढ्नुपर्ने स्थितिमा झन् नेकपाभित्र त राम्रो सम्बन्ध हुनुपर्छ । होइन अब नयाँ सहमतिमा अगाडि जाने हो भने पनि विधिअनुसार जानुपर्छ ।
आलोपालोमा सहमति भएको थियो भन्ने तपाईंको जिकिर हो ?
मैले त पहिलादेखि नै त्यही भन्दै आएको छु र त्यही अनुसार नै पूर्वा माओवादीहरुलाई कन्मिन्स गरिएको हो । हाम्रा यी कुरामा सहमति भएको छ, त्यो यसरी लागुहुन्छ भनेर । पावर सेयरिङ पनि सही ढंगले हुन्छ । त्यत्ति हुँदाचाहिं देश अगाडि बढ्छ भनेर एकता गरिएको हो । कोही पार्टी अर्को पार्टी हावी हुने होइन हामीले नयाँ पार्टी बनाएका हौं । हिजोकै पावर सेयरिङ मात्रै हुनुपर्छ भन्ने मात्र पनि होइन । नयाँ सहमति हुने भएपछि नयाँ पावर सेयरिङ पनि हुन सक्छ । पार्टी एकीकरणमा, विचारमा, काम गर्ने तौरतरिकामा पनि एक नभइसकेको अवस्थामा कतै न कतै सहमति गरेर जनुपर्ने स्थिति हुन्छ । जता पनि हलोमात्रै अड्काउने हो भने एकताको के मिनिङ हुन्छ । नेताहरुको लागि मात्रै हो कि देश र जनतालाई अगाडि बढाउनका लागि हो भन्ने प्रश्न उठ्न सक्छ । यसमा समाजवादलाई सार्थक बनाउनका लागि हो कि आ–आफ्नो दुनोसोझ्याउनका लागि हो भनेर जनताले प्रश्न उठान सक्छन् ।
त्यसो भए साढेदुई वर्ष केपी ओली त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको हो ?
अहिले नयाँ सहमति त भएको छैन, यदि भयो भने पावर सेयरिङ त मिलाएर जानुपर्छ । हुन प्रचण्ड कमरेडले पनि भन्नुभएका छ, ‘पाँचै वर्ष पनि चल्न सक्छ’ भनेर फेरि त्यसो भयो भने पनि अस्थिरता हुन सक्छ । जे भएतापनि दुई नेता, सचिवालय र अन्य नेताहरुबीचमा एउटा युनिटी कायम भएर जानुपर्यो । त्यो भयो भने हामी सबैलाई स्वीकार्य पनि हुन्छ । अनि युनिटी पनि कायम नगर्ने, सहमति पनि कायम नहुने, पार्टीले गति पनि नलिने र जनता पनि असन्तुष्ट रहने हो भने हामीले के बनाएछौं भनेर जनताले प्रश्न उठाउँछन् । त्यसलाई पनि सोचेर मात्रै उत्तर दिन तयार हुनुपर्छ । अहिले प्रमुख आवश्यकता भनेको नयाँ रुपान्तरण हो । सबैभन्दा पहिलो कुरा पार्टी फंसन हुनुपर्छ त्यो नहुँदा सबैले हेरेर बस्ने अवस्था सिर्जना भएको छ ।
अब माधव नेपाल र प्रचण्डबीचमा सहकार्य हुने सम्भावना छ ?
सचिवालयभित्र सबै नेताहरुसँग सहमभार्यकै आवश्यकता छ, हुनुपनि पर्छ ।

सहकार्यमा गठबन्धन हुन सक्छ ?
त्यो चरणसम्म अभैm आइपुगेको छैन । हाम्रो भनाइ पनि त्यो चरणसम्म नआओस् भन्ने हो । दुई नेताबीचमै सहमति र सहकार्य होस् । दया र माया गर्दा परिस्थिति बदलिएला । पार्टी चुनाव हुँदा को–कोसँग यलाइन्स हुन्छ अलग कुरा हो । अहिले त्यस्तो खालको अवस्था आइपुगेको छैन ।
शीर्ष नेताहरुबीच सहमति भएन भने अर्को गठबन्धन बन्छ ?
अब सहमति भएका कुरा लागु नै हुँदैनन् । एकता प्रक्रियाहरु नै टुंगो लाग्दैनन् भने त अन्य विकल्पतिर जानुपर्ने पनि हुन सक्छ । पहिला राजनीतिको मूलधारलाई समाउन खोजिन्छ । त्यसले बलियो रुप लिएन भने अन्य उपयहरु पनि अपनाउनुपर्ने हुन्छ । कम्युनिस्ट पार्टीमा नेपालमा राम्रै उभार आउँछ किन भने नेपालको परिवर्तनमा भूमिका सधैं अग्र रहेको छ । त्यसकारण मूलधार नेकपा हो । त्यसलाई नेकपा बनाउन सकेनौ भने के होला ? भन्ने प्रश्न त अर्को हो ।
राजनीतिक नेताहरु धमाधम पक्राउ पर्न थालेका छन्, नेत्रविक्रम चन्द पनि पक्राउ परेभने के हुन्छ ?
नेत्रविक्रम चन्दको पहिलो गतिविधि अहिलेको व्यवस्था सुहाउँदो भएन । राजनीति गर्नेले प्रतिस्पर्धाको राजनीतिमा आउनुपर्छ । सरकारले पनि त्यसलाई समझदारीमा ल्याउने कोसिस गर्नुपर्छ । अब सरकारले पनि अलिकति नरम भएर प्रस्तुत भएर जान जरुरी छ । बिप्लबजीले पनि वार्ता र संबादमा आउने वातावरण बनाउन जरुरी छ । सरकार पनि यही हिसावमा जाने र विद्रोहीपक्ष पनि त्यसरी नै अगाडि बढिरहने हो भने राम्रो हुँदैन ।
वार्ताको वातावरण सरकार र विद्रोहीपक्ष दुवै बनाउनुप¥यो नि ?
दुवैपक्षले बनाउनुपर्छ । मुख्यतय सरकार तयार हुनुपर्छ । त्यसमा विद्रोही भएको हिसावले बिप्लबजीहरु पनि तयार हुनुपर्छ । विप्लबजी जत्तिको एउटा सशक्त नेताले सोच्ने दिन आएको छ ।

हाम्रो देशमा हिंसा त बढिरहेको छ नि ?

देशका रुलिङ पार्टीबाट जनता असन्तुष्ट भए भने हिंसाहरु हुन्छन् । यसको मौका छोपेर त्यसलाई भड्काउने तत्वहरु लागिरहेका हुन्छन् । त्यसकारण हिंसा भयो भनेर दबाउन खोज्नुभन्दा पनि हिंसा नहुने वातावरण तयार बनाउन लाग्नुपर्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्