Logo

गाडिएको सात दिनपछि शिशु चिहानमा रोएपछि …



गाडिएको शिशु सात दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड भयो ।

हतार हतार औजार ल्याए । तीन फिट मुनीबाट बच्चा निकाले। शिशु जिउँदो भेटिइन् । उनलाई अस्पताल पुर्याए । शिशुको अवस्था खतरामुक्त छ ।
यो घटना भारतको उत्तर प्रदेशको बरेलीको हो । जहाँ सात दिनअघि मृत घोषित गरी चिहानमा गाडिएकी शिशु जिउँदो भेटिइन् ।

गाडिएकी बच्चा जिउँदो मात्र भेटिइनन् ६५ ग्राम तौल बढेको अवस्थामा पाइन् । प्याक गरी भाडोभित्र बच्चालाई गाडिएको कारण उनी जमिनभित्र पनि सुरक्षित भइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot