Logo

मेस्सीको जर्सीबाट बनेको रंगोली भाइरल हुँदै



हेटौडा, १४ कार्तिक । हेटौंडा उपमहारनगरपालिका–७ किरणचोकका दीपर्शन दीप अधिकारीको परिवारले अर्जे्न्टिनी स्टार लियोनल मेस्सीको जर्सीसहितको रंगोली बनाएर लक्ष्मी पूजा गरेका छन् ।

४५ मिनेट लगाएर बनायको रंगोली तिहार सकिएपनि अझै चर्चामा छ । लक्ष्मीपूजापछि दीपर्शनले उक्त रंगोलीको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि अहिले भाइरल बनिरहेको छ।

बार्सिलोना र मेस्सीका फ्यानहरुले रंगोलीको फोटो सेयर गरिरहेका छन्। बार्सिलोना टिभीले उक्त रंगोली र नेपाली प्रसंसकको बारेमा समाचार नै प्रसारण गरेको छ । । नेपालीको फुटबल प्रेम अहिले चर्चाको शिखरमा छ ।



प्रतिक्रिया दिनुहोस्