Logo

जनावरसँग खेल्दै कफीको चुस्की लिने क्याफे(भिडियोसहित)



क्याफेहरुमा प्रायः व्यक्ति आफ्नो साथीभाई मित्रहरुसंग अमुल्य समय बिताउने गर्छन् । क्याफेहरुमा प्रतिष्पर्धा सँगै अलग परिचय स्थापित गर्ने होड पनि चलिरहेको छ । कम्बोडिया स्थित एक क्याफेले फरक परिचय स्थापित गरेको छ । उक्त क्याफेमा जिवित जनावरलाई प्रयोग गरिएको छ ।

यस क्याफेमा प्रत्येक टेबलमा भिन्न भिन्न प्रकारको जनावरहरु राखिएको छ । खानेकुरा अर्डर गरेर केही बेर मानिसहरु जनावरहरुसँग रमाउने गर्छन् । ती जनावरहरुलाई प्रशिक्षण दिएर राखेको छ । यसले केही हानी नपुर्याउने उक्त क्याफेका मालिकले जनाए ।

क्याफेमा सर्प, अजिङ्गर, मुसा, इगुआना जस्ता भिन्न प्रकारको जनावरहरुलाई राखिएको छ । थोरै मात्रामा मनिसहरु उक्त क्याफेमा रमाउने गर्छन् । सर्प र छेपारोहरुको डरले क्याफेको व्यापार सोचेको जस्तो नरहेको जनाइएको छ । यसमा रहेको विभिन्न प्रकारको जनावरहरु थाइल्यान्डबाट ल्याइएका हुन् ।

प्रायः मानिसहरु उक्त क्याफेमा जान डराउने गर्छन् । तर, क्याफे मालिकले हरेस खाएका छैनन् । उनले मानिस र जनावर बीचको सम्बन्ध राम्रो बनाउने उद्देश्य राखेको बताएका छन् । यो एक प्रकारको चिडियाघर जस्तै रहेको केही ग्राहकहरुको अनुभव छ । मानिसमा जनावर प्रति भएको डरलाई कम गर्न यस्तो प्रकारको सोच लिएर क्याफेमा राखेको त्यहाँका कामदारहरु बताउँछन् । ग्राहकहरुमा यसले उत्साह जागृत गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot