Logo

जहाँबाट जन्मियो गणतन्त्र



बिहारमा एउटा जिल्ला छ जसको नाम वैशाली रहेको छ । विश्वमा सर्वप्रथम गणतन्त्रको अध्ययन गर्ने स्थान पनि वैशाली नै हो । लोकतन्त्र लिच्छवी शासनको देन हो । लगभग छैंठौं शताब्दी ईसा पूवर्मा नेपालमा तराईदेखि गंगाको बीचमा फैलिएको जग्गामा लिच्छवीसंघद्धारा गणतांत्रिक शासन व्यवस्थाको सुरुवात भएको थियो । त्यहाँको शासक जनताको प्रतिनिधित्वबाट चुन्ने गरिन्थ्यो ।

प्राचीनकालमा वैशाली धेरै समृद्ध थियोे । यस नगरको नामकरण राजा विशालको नामबाट भएको थियो । विष्णु पुराणका अनुसार यहाँ लगभग ३४ जना राजाले राज्य गरेका थिए । पहिलो राजा नभग र अन्तिम राजा सुमति थिए । राजा सुमति भगवान रामका पिता राजा दशरथका दौतरी जस्तै थिए ।

बौद्धकालमा त्यो नगर जैन तथा बौद्ध धर्मको केन्द्र थियो । त्यो ठाउँ महावीर स्वामीको जन्मभूमि र भगवान बुद्धको कर्मभूमि हो । त्यो नगर क्षेत्रको बसोकुंड बाँसको नजिकै रहेको कुण्डलपुरमा जैन धर्मको २४ औं तीर्थंकर भगवान महावीर स्वामीको जन्म भएको थियो । भगवान महावीर वैशाली राज्यमां लगभग २२ वर्षको उमेर सम्म बसेका थिए । यहाँ अशोक स्तंभ,केही बौद्ध स्तूप रहेका छन् । सोही स्थानमा चार किलोमीटरको दुरीमा कुण्डलपुरमा जैन मन्दिर पनि रहेको छ ।

ज्ञान प्राप्तिको पाँच वर्ष पश्चात भगवान बुद्धको वैशाली नगरमा आगमन भयो । र, उनको स्वागत त्यहाँकी प्रसिद्ध राजनर्तकी आम्रपालीले गरेकी थिइन् । त्यो नगरको प्रसिद्ध नगरवधू आम्रपाली सहित चौरासी हजार नागरिक बौद्धसंघमा आवद्ध भएका थिए । बुद्धले त्यस ठाउँको तीन पटक भ्रमण गरी लामो समय विताएका थिए । बुद्धले त्यस ठाउँमा आफ्नो निर्वाणको घोषणा पनि गरेका थिए । वैशालीको नजिक कोल्हुआमा भगवान बुद्धले आफ्ना अन्तिम सम्बोधन दिएका थिए । त्यस ठाउँमा सम्पन्न दोस्रो बौद्ध संगीतमै बौद्ध धर्म दुई तिर फालिएको थियो ।

मगध सम्राट बिंबसारले आम्रपालीलाई पाउनको लागि वैशालीमाथि जब आक्रमण गरे संयोगवश उनको पहिलो भेट आम्रपालीसँग भएको थियो । आम्रपालीको सौंदर्यमा मुग्ध भएर बिंबसारले पहिलो नजरमा नै आफ्नो मनमा ठाउँ बनाए । भनिन्छ कि आम्रपालीबाट प्रेरित भएर बिंबसारले आफ्नो राजदरबारमा राजनर्तकीको प्रथाको सुरुवात गरेका थिए । बिंबसार र आम्रपालीबाट एक छोराको जन्म भएको थियो । पछि ती पुत्र बौद्ध भिक्षु बने ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्