Logo

कसरी बन्यो अयोध्या



अयोध्या नाम नगरी तत्रासील्लोकविश्रुता ।
मनुना मानवेन्द्रेण या पुरी निर्मिता स्वयम् । रामायण १(५(६

सरयू नदीको तटमा बसी अयोध्या नगरी रामायणका अनुसार विवस्वान (सूर्य) को छोरा वैवस्वत मनु महाराजले स्थापना गरेका थिए । स्कंद पुराणका अनुसार अयोध्या भगवान विष्णुको चक्रमा विराजमान छ । यो हिन्दुको प्राचीन सप्त पुराण मध्ये एक हो ।

भनिन्छ ’अयोध्या’ शब्द ’अयुद्धा’ को विग्रेको स्वरुप हो । रामायणको समयमा त्यो नगर कोसल राज्यको राजधानी थियो । भगवान रामको छोरा लवको श्रावस्ती नगरीमा बसाई थियो । बौद्ध समयमा त्यो श्रावस्ती राज्य प्रमुख शहर बन्यो र त्यसको नाम ‘साकेत’ भनी प्रचलित भयो । कालिदासले उत्तर कोसलको राजधानी साकेत र अयोध्या दुवैको नाम बताएका थिए ।

त्यसपछि बौद्ध समयमा कोसलको दुई भाग भएको थियो । उत्तर कोसल र दक्षिण कोसल । जसको बीचमा सरयू नदी बग्थ्यो । अयोध्या तथा साकेत उत्तरी भागको र श्रावस्ती दक्षिणी भागको राजधानी थियो । त्यस समयमा श्रावस्तीको महत्व धेरै थियो । भनिन्छ कि बौद्ध समयमा अयोध्याको नजिक एउटा नयाँ बस्ती बनेको थियो । जुन बस्तीको नाम साकेत थियो ।

जीपी मललसेकर, डिक्शनरी अफ प्रा.लि प्रापर नेम्सको भाग २ पृष्ठ १०८६ का अनुसार पालि परम्पराको साकेतको सई नदीको किनारमा उन्नाव जिल्ला स्थित सुजानकोटसँग जोडिएको छ जहाँका भग्नावशेषहरु यस कुराका प्रमाणहरु बनेर रहेका छन् ।

केही विद्धानहरुका अनुसार प्राचीनकालमा अयोध्या कोसल क्षेत्रको एक विशेष क्षेत्र अवधको राजधानी थियो । त्यसकारण यसलाई अवधपुरी’ पनि भन्ने गरिन्छ । ‘अवध’ अर्थात जहाँ कसैको ज्यान नमारिएको होस् । अयोध्याको अर्थ जसलाई कुनै युद्धबाट जित्न नसकियोस् । स्कंद पुराणका अनुसार अयोध्या शब्द ’अ’ कार ब्रह्मा, ’य’ कार विष्णु हो तथा ’ध’ कार रुद्रको रुप हो । यसको शाब्दिक अर्थ जहाँ कुनै युद्ध नहोस् ।

भनिन्छ कि अयोध्याको पुरानो नाम अयोध्या नै थियो । किनभने वाल्मीकि रामायणमा यसको नाम अयोध्या उल्लेख छ र पुराणमा जब प्राचीन सप्त पुराणमा पनि अयोध्या नै बताइएको छ । त्यसकारण ‘अयोध्या’ शब्दकै प्रयोग हुँदै आयो ।

अथर्व वेदमा अयोध्याको ‘भगवानको ठाउँ’ भनिएको छ, ’अष्टचक्रा नवद्वारा देवानां पूरयोध्या’। नंदूलाल डे, द जियोग्राफ़िकल डिक्शनरी अफ, ऐंश्येंट एंड मिडिवल इंडियाको पृष्ठ १४ मा उल्लेख गरिए अनुसार रामको समयमा यस नगरको नाम अवध थियो ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot