Logo

रेल्वे प्लेटफर्ममा यमराज



यमराज भनेपछि को नडराउला । यमराजले काल बनेर लिन आउने धार्मिक विश्वास छ । तर भारतको रेल्वे प्लेटफर्ममा यमराजलाई मानिसको सुरक्षाका लागि खटाईएको छ । भारतको रेल्वे प्लेटफर्ममा पुलिसले यमराजलाई खटाएका छन् । मानिसलाई रेल्वे ट्रयाकमा सुरक्षित राख्न उक्त अभियानमा यमराजलाई राखेको जनाइएको छ ।

सुरक्षित ड्राइव अभियान अन्तर्गत यमराजलाई खटाईएको छ । ट्र्याक काट्न कति घातक हुन सक्ने भन्ने कुरामा रोक लगाउन रेलवे प्लेटफर्ममा यमराजलाई राखेका छन् । यमराजले सडकमा मानिसको हेरचाह र सुरक्षित राख्नको लागि भूमिका खेल्नछन् । मानिसहरु प्रायः छिटो बाटो काट्नको लागि ट्रयाकनै प्रयोग गर्ने गर्छन । तर यसरी बाटो काट्दा मानिस नै जोखिममा पर्ने भएकाले यमराजको भेषमा मानिस राखिएको हो ।

यसरी बाटो काट्दा मानिसको ज्यान नै जोखिममा पर्ने भएकाले यमराजले मानिसहरुलाई ओभरब्रिज र सबवेको मध्यमबाट बाटो काट्ने प्रोत्साहित अथवा डराउने काम समेत गर्छन । यस कारण ट्रयाकबाट बाटो काट्ने मानिसहरुको संख्या घटेको छ । -एजेन्सी

Photo Source :The Indian Express



प्रतिक्रिया दिनुहोस्