Logo

मान्छेको अनुहार भएको माछा (भिडियोसहित)



मान्छेको अनुहार भएको माछा भेटिएको छ । चीनको एक गाउँको पानीमा तेरिरहेको अवस्थामा उक्त माछा देखिएको हो । मान्छेको अनुहार भएको माछाको भिडियो सार्वजनिक गरिएको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा माछालाई खोलाको किनारमा आएको देखिन्छ । असामान्य देखिने त्यो माछाको अनुहारमा दाग र रेखाहरू छन् । माछाको अनुहार मान्छेको अनुहार जस्तै देखिन्छ । सार्वजनिक भिडियोलाई धेरैले छक्क पर्दै सेयर गरेका छन् । धेरैले दुर्लभ दृश्य देख्न पाइएको जनाएका छन् भने कति मान्छेहरुले डर लाग्दो दृश्य बताएका छन् । सुनौलो रङ्गमा देखिने माछामा मान्छेको अनुहारको दृश्य साह्रै अनौठो रहेको छ ।

हेर्नुहोस् भिडियोः

Photo/ Video: The Unexplained Twitter



प्रतिक्रिया दिनुहोस्