Logo

भारतद्वारा नेपाल सरकारलाई ३ अर्ब दश करोड प्रदान



काठमाडौं, २८ कार्तिक । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले २०७६ कात्र्तिक २७ गते नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्था मार्फत ने.रु. ३ अर्ब १० करोड (२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्रदान गरेको छ ।

नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५०,००० निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्था (एल.ओ.सी) मार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।

यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो । भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ने.रु. ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरीकी डलर) प्रदान गरिसकेको छ ।

घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ । नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना सम्पन्न गर्न नेपाली जनता तथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot