Logo

लन्डनमा बन्दैछ अनौठो पोखरी



लन्डनमा विश्वको पहिलो अनौठो पोखरी निमार्ण हुने भएको छ । पोखरीमा ३६० डिग्री दृश्य हेर्न सकिने छ ।  पोखरी भवनको माथिल्लो तल्लामा बनाउने निर्णय भएको छ ।  पोखरीमा तैरनु निकै डर लाग्दो हुने डिजाइनरले बताएका  छन् । पोखरीमा करिब छ लाख लिटर पानी राख्ने भनिएको छ ।

भवनको ५५ नौँ तल्लामा निर्माण हुनेछ । यस्तो किसिमको डिजाइन अहिलेसम्म कसैले निर्माण नगरेको डिजाइनरको भनाई छ । पोखरीको निर्माण कास्ट एक्रिलिकबाट हुने र  चारै तिरबाट पारदर्शी हुने जनाएका छन् । पारदर्शीका कारण पोखरीलाई कुनै पनि व्यक्तिले हेर्न सक्नेछ । पोखरीको दृश्य एकदम लोभलाग्दो  हुनेछ । रात पर्दा   विभिन्न रङको प्रकाशहरु प्रज्वलीत हुनेछ ।

विभिन्न प्रविधिक कुराहरु जडान समेत गरिनेछ । जस्तै हावाको गति नाप्ने यन्त्रको साथै पोखरीलाई कम्प्यूटर नियन्त्रण भवन निर्माण प्रणालीमा जोडिने भएको छ । प्रणालीले पोखरीमा रहेको पानीको तापमान र पानी तल सकड सम्म नपुगोस भन्ने कुराको मापन गर्नेछ । पानी भवनमा जडान गरिएको एसीबाट निस्केको तातो हावाले पोखरीको पानी तताउने काम गर्छ । पोखरीको निर्माण २०२० सम्ममा हुने योजना रहेको छ । Photo Source : CNN

 



प्रतिक्रिया दिनुहोस्

Screenshot