Logo

बाबुराम, उपेन्द्र र महन्थमाथि हृदेश त्रिपाठीको प्रहार



काठमाडौं, १ मंसिर । स्वतन्त्र राजनीतिक समूहका नेता हृदेश त्रिपाठीले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव शक्तिको पूजारी भएकोले उनले तत्काल सरकार नछोड्ने विश्लेषण गरेका छन् । आइतबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता त्रिपाठीले भने,‘उपेन्द्र यादव भनेको पद पाएपछि छोडन नजान्ने नेता हो । अहिले सरकार छोड्दैनन् । चुनाव आउनुभन्दा एक वर्षअघिमात्रै छोेड्छन् । उपेन्द्र शक्तिको पुजारी हो । उनले सरकार नछोड्नका लागि ओली र प्रचण्डलाई मिलाईसकेका छन् ।’

त्यस्तै, उनले समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले उपेन्द्र यादवसँग काम गर्नै नसक्ने ठोकुवा गरेका छन् । उनले भने,‘उनीहरुको एकता बाध्यता हो ।’ त्रिपाठीले राजपा नेपालको एकतालाई एकता नभिनकन झुण्ड भएको बताए । उनले भने,‘राजपा नेपाल पार्टी होईन, गठबन्धन हो । त्यो पार्टीमा जुनसुकै बेला भुईँचालो जान सक्छ । राजपा पार्टी फुट्छ । केही नेताहरु कांग्रेसमा जान्छन् । केही नेताहरुले नयाँ पार्टी खोल्छन् ।’

उनले भारतसँगको सीमाबारे सडकमा उत्रिएर वा सीमानामा उत्रिएर विरोध प्रदर्शन गरेर समस्या नहुने बताए । उनले भने,‘राजा महेन्द्रले नेपालको जमिन बेचेको हो । पञ्चायत टिकाउनको लागि लिपुलेक भारतलाई दिएको हो । कुटनीतिकस्तरमा सम्वाद गरेर ल्याउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्