Logo

विजयोत्सव मनाउन इलाम जाँदै ओली



काठमाडौं, वैशाख १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदैछन् । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय उत्सव मनाउन अध्यक्ष ओली इलाम पुग्ने कार्यक्रम छ ।

एमाले जिल्ला उपसचिव रविन्द्र सुवेदीका अनुसार आज दिउँसो एक बजे इलाम चोक बजारमा आयोजित विजय सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । विजय उत्सव मनाउँन ओली अहिले गोदक पुगिसकेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो एक बजे नै विजयी उम्मेद्वार सुहाङ नेम्वाङलाई प्रमाणपत्र दिने कार्यक्रम तय भएको जनाइएको छ । विजयोत्सव मनाउन अहिले इलाममा एमालेका नेता कार्यकर्ता भेला हुने क्रम जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot