Logo

रुसमा फसेको भन्दै एडवर्ड स्नोडेन



पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका ठेकेदार र कर्मचारीले एडवर्ड स्नोडेन रुसमा फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् । २०१३ मा केन्द्रीय खुफिया एजेन्सीको उच्च वर्गीकृत जानकारी सार्वजनिक गराएको हुँदा उनी अमेरिकाबाट रुसमा शरण लिन पुगेका थिए । त्यस कारण उनको राहदानी अमेरिकी सरकारले रद्द गरेको थियो ।

आफु लामो समयदेखि रुसी सरकारको र कानुनको आलोचक रहेको जनाएका छन् । बाध्यताबस शरण लिनु पर्ने समेत जनाएका थिए । यस कारण उनको जीवन निकै गाह्रो र सन्तुलनमा नरहेको कारण  अमेरिका जान खोज्दा राहदानी नै रद्द भएपछि रुसमै फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विभिन्न प्रकारको गोप्य कुराहरु सार्वजनिक गरेको हुँदा उनलाई अमेरिका नै छोड्नु परेको दबाब समेत आएको थियो ।

जासूस ऐन मार्फत उनलाई अमेरिकाबाट करिब १० वर्षको सजाए निर्णय भएको हुँदा  रुसमा सरण लिएका थिए । अमेरिकी सरकारले उनलाई गद्दार भनेर समेत सम्बोधन गरेको छ। सरकारको गोपनियता हनन गरेकोमा सजाए दिन आवश्यक रहेको भन्दै अमेरिकी सरकारले जनाएको छ । कारबाही अनिवार्य रुपमा हुनुपर्ने समेत जाहेर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot