Logo

केन्द्रीय सदस्य लगायत दर्जनौँ कार्यकर्ताले समाजवादी पार्टी परित्याग



भद्रपुर, ७ मङ्सिर (रासस) : समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका दर्जनौँ कार्यकर्ताले सो पार्टी परित्याग गरका छन् ।

परित्याग गर्नेमा प्रसाईंसहित सो पार्टीको प्रदेश नं १ कमिटी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायत छन् ।

उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीकोे कार्यदिशा अस्पष्ट भएकाले परित्याग गरेको जनाएका छन् । गत स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य प्रसाईं अर्जुनधारा नगरपालिकाको प्रमुख र प्रदेश सदस्य ढकाल मेचीनगर नगरपालिकाको उपप्रमुखमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot