Logo

प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा



काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल पुगेकी हुन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीले करिब १५ मिनेट भेट गरेकी हुन् । प्रधानमन्त्रीसँग स्वास्थ्य अवस्थाको जानकारी लिएपछि राष्ट्रपति भण्डारीले ओलीको उपचारमा संलग्न चिकित्ससँग कुराकानी गरेकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग १५ मिनेट कुराकानी गरेपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग बुझेकी थिइन् । चिकित्सकले प्रधानमन्त्री ओलीसँग भेट गर्न पहिलो पटक धेरै समय राष्ट्रपति भण्डारीलाई दिएकी हुन् ।

बोल्दा समस्या हुने भन्दै चिकित्सकले ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेतालाई छोटो समयमात्र भेट्न समय दिँदै आएका थिए । करिब ४० मिनेट अस्पतालमा बिताएकी भण्डारीले २५ मिनेटसम्म चिकित्सकसँग ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी गराएका छन् ।

अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot