Logo

बदला लिन वृद्धले १५९ साइकलको सिट चोरे



वृद्धले साइकलको सिट चोरे । त्यो पनि एउटा होइन १५९ वटा । जापानको टोकियोमा ६१ वर्षिय बृद्धले साइकलको सिट चोरेको पत्ता लाग्यो । चोरीको अनुसन्धान गर्दा प्रहरी नै छक्क परे ।

सीसीटीभी फुटेजबाट चोरी पत्ता लागेको हो । उनलाई प्रहरीले गिरफ्तार गरेको छ । वृद्धको नाम आकियो हतोडी हो । उनले आफ्नो साइकलको सिट चोरी भएको रिसमा १५९ सीट चोरी गरेका हुन । उक्त शहरमा केही दिनदेखि लगातार सीट चोरी हुँदा प्रहरीले तिव्र रुपमा खोजी गर्दा उनलाई पक्रन सफल भएको हो ।

आकियोले पहिलो पटक यसै वर्षको अगस्टमा चोरेका थिए । जुन व्यक्तिको सीट उनले चोरे उसले प्रहरीमा तुरुन्त उजूरी दियो । त्यो खबर पछि प्रहरीले खोजी गदै गर्दा सीसीटीभी फुटेजको आधारमा उनलाई पक्रिएको थियो । तर, जसले उजूरी गर्यो उसले पनि आकियोको साइकलको सिट चोरको रहेछ ।

चोरीको कारणबारे सोधपुछ गर्दा उनले आफ्नो साइकल चोरी हुँदा बेवास्ता गरेको गुनासो गरे । २०१८ मा उनको साइकल चोरी भएको थियो । चोरी हुँदा उनी निकै दुःखी भए र उनले यसैबेलाबाट अरुको साइकलको सिट चोर्ने निणय गरे । चोरीको बदलामा उनले चोरी गरि नै रहे ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot