Logo

मेस्सीले छैठौं पटक जिते बालान डी’अर उपाधि



बार्सिलोनाका कप्तान तथा फरवार्ड प्लेयर लियोनल मेस्सीले फूटबल जगतको सर्वाधिक ठूलो पुरस्कार बालान डीे’अर छैठौं पटक जितेका छन् । मेस्सी यो उपाधिका साथ बालान डी’अर जित्ने सर्वाधिक खेलाडसमेत बनेका हुन् । उनले गत अर्जेन्टिनालाई कोपा अमेरिकाको सेमिफाइनलसम्म पुर्याएका थिए ।

त्यसैगरि मेस्सीले बार्सिलोना क्लबबाट ला लिगाको उपाधि समेत उचालेका थिए । यसैगरि गत वर्ष बालान डी’अर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जित्न सफल भएका थिए । २०१७ मा पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँचौँ पटक बालान डी अर अवार्ड आफ्नो नाम गर्न सफल भएका थिए । मेसीले यो उपाधिसंग किर्तिमान हासिल गरेका छन् । यसअधि उनले २००१, २०१०, २०११, २०१२ र २०१५ मा लगातार बालान डी’अर अवार्ड जित्ने कीर्तिमान बनाइसकेका छन् । Photo Source : France 24



प्रतिक्रिया दिनुहोस्

Screenshot