Logo

‘बुहारी होइनन् परिवार भडुवा’



मिलेर बसिरहेको एउटा सयुक्त परिवार अलग हुने र द्धन्द्ध ल्याउने मुख्य जिम्मेवारी बुहारी हुन् भन्ने मान्यतालाई एउटा सर्वेले गलत सावित गरिदिएको छ । भारतमा गरिएको एक अध्ययनले ४५३ सयुक्त परिवारमा गरेको सर्वेपछि बुहारी प्रति हेरिने नजर गलत भएका प्रमाणीत गरेको छ । बुहारी परिवारकी भडुवा नभएको देखिएको छ ।

उक्त सर्वेमा ७५ प्रतिशत बुहारीले सयुक्त परिवारमा झगडा हुने बताएका छन । तर, झगडाको कारण परिवारमा प्रेम कम नहुने पनि बताएका छन् । केहीले बुहारीहरु जागीरे हुनाले झगडा हुने पनि बताएका छन् ।

भारतमा ८६ प्रतिशत परिवार संयुक्त परिवारमा रहेका छन् । यसको बाबजुद पनि बृद्धाश्रमहरु प्नि त्यति नै छन् । बच्चाहरु आर्थिक संकटको समयमा परिवारको ठुलो व्यक्तिको सहयोग लिन खोज्छन् । उक्त सर्वेमा हिन्दु, सिख, इसाई र जैन धर्मको संयुक्त परिवारको पनि उपस्थिती थियो । यसमा तीन पुस्ताको सयुक्त परिवारमा रहेको ८६ प्रतिशत र दुइ पुस्तामा संगै बस्ने १४ प्रतिशतको उपस्थिति थियो । सर्वेमा कुराकानीको लागी ४० वर्षको मानिसलाई पनि छानिएको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्