Logo

खेलसँग असम्बन्धितले पुगेन र भएन भन्दै भ्रम फैलाइरहेछन्- रमेश सिलवाल, सदस्यसचिव, राष्ट्रिय खेलकुद परिषद्



काठमाडौं, १८ मंसिर । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल नेपालले १३ औं सागमा सानदार प्रदर्शन गर्दै उत्कृष्ट स्थान हासिल गर्ने बताउँछन् । उनीसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः

यसपटकको साग खेलमा नेपालले बाजी मार्छ ?
न्यूनतम ५० वटा स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।
नेपालले ५० स्वर्णपदक जित्छ ?
कम्तिमा ५० स्वर्णपदक जित्छ ।
त्यसको आधार के नेपालले बाजी मार्ने खेल त देखिइसक्यो नि ?
खेलहरु सकिइँदै जाँदा पदक पनि थपिइँदै जान्छ । अहिले ढुक्क हुने आधार भनेको खेलाडीहरुलाई विदेश र स्वदेश दुवै खाले ट्रेडिङ भएको छ । ८ वटा खेलको नेपालमा ट्रेडिङ भइरहेको छ । सबै दृष्टिकोणले हेर्दा उनीहरुले राम्रो स्थान ल्याउने छन् । दोस्रो कुरा अहिले खेलाडीहरुको उच्च मनोबल छ ।
जसरी खेल भइरहेको त्यसको तयारी पहिला नै भएको भए अझ बढी जित्ने थिए नि ?
होस्ट कन्ट्रीको फाइदा दुईवटा हुन्छन् । एउटा होम क्राउड अर्को होम ग्राउन्ड । होम क्राउडको सफलता हामीलाई भयो । दुर्इृ÷तीनवटा खेलमा होम ग्राउन्डको सफलता लिन सकिएन । ढिलो इन्फस्टक्चरले खेलमा असर पर्दैन ।
यसपटकको खेलमा झेल हुन्छ कि हुँदैन ?
खेलमा झेल हुँदैन । किन झेल गर्नुपर्यो । खेलमा प्रत्यक्ष खेलेरै जित्ने हो ।
खेलाडीहरुको तालिम र सुविधा जति हुनुपर्ने त्यसमा तपाईंहरुको ध्यान गएन भन्ने गुनासो छ नि ?
नपाउनेहरु गर्ने हल्ला हो त्यो । उनीहरुको जे मा पनि नकारात्मक कुरा गर्दछन् । जो खेलाडी छन्, जसले कोच गरिरहेको छ । उनीहरुको गुनासो छैन, तर, जसको खेलसँग नातै छैन, उसले गुनासो गरेर के हुन्छ ।
खेलाडीहरुलाई राष्ट्रिय पोशाक आपैmले सिउनुभयो रे आपैmले पनि लगाउनुभयो रे ?
हिजो त्यसरी छापिएको बद्नीयतपूर्ण समाचार हो । कुनै पनि खेलाडीहरुलाई ड्रेसबाट बञ्चित गरिएको छैन । दोस्रो कुरा मन्त्रीज्यूहरु कसैलाई ड्रेस सिलाको पनि छैन । दौरा, सुरुवाल, कोट त उहाँहरु सधैं लगाएर हिड्नै हो नि । कुनै कुरा बुझ्दै नबुझीकन हल्ला पैmलिने समाचार सम्प्रेषण गर्नुभएन ।
मन्त्रीहरुलाई बाँडिएको ड्रेसको पैसा खेलकुद परिषद्ले व्यहोरोरे नि ?
कुनै खेलाडीको अन्तर्वार्ता लिएको पनि छैन । मैले पाएको छैन भनेर कसैले गुनासो पनि गरेका छैनन् । कुनै पनि मन्त्रीहरुले राष्ट्रिय खेलकुद परिषद्को पैसाले कोट, पाइन्ट, दौरासुरुवाल कसैले लगाएको छैन । हुँदै नभएको कुरा लेखेर पित पत्रकारिता गर्नुभएन नि ।
मिडियामा समाचार त आयो नि ?
त्यो सरासर गलत छ । बद्नीयतपूर्ण तरिकाले पित पत्रकारिता गरिएको छ । मैले हिजै उहाँहरुलाई भनिसकेको छु, ‘जे मन लाग्यो त्यहीं लेख्न पाइन्छ ? कलम छ भन्दैमा ।’ राष्ट्र र मान्छेको बेइज्जत गर्न पाइन्छ ।
गृहमन्त्रीले कहिल्यै राष्ट्रिय पोषाका लगाउनुभएको थिएन, तपाईंले सिलाएर दिएपछि लगाउनुभयो भनेर पनि समाचार आएको छ नि ?
आधारहितन रुपले सम्प्रेषण गरिएको बद्नियतपूर्ण समाचारलाई के बहस गरिरहनु । जसको नियतै ठीक छैन, कुनै भेरिफिकेसन बिना लेखिएको छ । हिजो मैले यो विषयको अन्तिम व्यक्ति मै हो । मलाई नसोधी तपाईंहरुले यो समाचार किन लेख्नुभयो ? भनेर मैले भनिसकेको छु । त्यो बेला उहाँहरुको कुनै जवाफ छैन । त्यस्तो व्यक्ति पत्रकारै हुँदैन, कतैबाट सञ्चालित व्यक्ति हुन सक्छ ।
अहिले खेलकुद परिषद आर्थिक पारदर्शीताले अगाडि बढेको छ ?
अहिले जति पनि सामान किनिएको छ । ती सबै घटाघट पद्धतिबाट खरिद गरिएको छ । मैले स्पष्ट भनेको छु, ‘यो राष्ट्रको लागि हो, तपाईंले यो सामानमा यति घटिदिनुस् भनेर, त्योभन्दा बढी पारदर्शी के हुन्छ ?’
समग्र कुरा गर्दा खेलकुदमा नेपाल सफल भएको हो ?
सफल भएको छ ।
नेपाल कहीं पनि चुकेको छैन ?
चुकेको छैन ।
नेपालमा खेलकुदको भविष्य कस्तो छ ?
नेपाले खेलकुदको भविष्य उज्ज्वल बनाउनुपर्छ । अब खेलाडीहरुको मनोबल र इज्जत बढेको छ । यसले खेलाडीको मात्रै होइन, सिंगो रुाष्टको इज्जत प्रतिष्ठा बढेको छ । हिजोसम्ममै हामीले उल्लेख्य स्वर्णपदक जितिसकेका छौं । अभैm कराते, बग्सिङ, स्वीमिङ, उसुजस्ता त्यतिकै बाँकी छन् । यी खेलबाटै हामी ४० भन्दा बढी नघाउँछौं । खेलबाट मनोरञ्जन लिने मात्रै होइन, आर्थिक हैसियतको जिन्दगी बनाउने आधारमा परिणत गर्नुपर्छ ।
भलिबल, फुटबल र क्रिकेटमा नेपालको तयारी कस्तो छ ?
भलिबमा दोस्रोत स्थान ल्यायौं । स्वर्णपदक ल्याउने गरी खेलिरहेका छौं । क्रिकेटमा पनि जित्ने गरी खेल्दैछौं ।
फुटबलमा नेपालको अवस्था राम्रो छ ?
पहिलाको भन्दा धेरै राम्रो छ । कुनै खेलमा केही कमिकमजोरी भएका छन् अन्तिमसम्म कमब्याक हुन्छौं ।
शीर्ष नेताहरु त खेल हेर्न आउनुभएन नि ?
नेता किन चाहियो ? उहाँहरु उपेनिङमा आइहाल्नुभयो । हामीलाई त खेल हेर्ने दर्शक चाहिएको छ । नेताहरु पनि इच्छा छ आउनुहुन्छ टिकट काट्नुहुन्छ हेर्नुहुन्छ ।
यसपालि खेल हेर्ने दर्शक बढेका हुन् ?
हो, अपार भिड्छ । हिजो धेरैले टिकटै पाउनुभएन ।
कांग्रेस सभापति शेरबहादुर उद्घाटनमा पनि आउनुभएन नि ?
हामीले उहाँलाई कार्ड पठाएका थियौं । कार्य व्यस्तताले गर्दा आउन सक्नुभएन होला ।
समापन समारोहमा प्रधानमन्त्री आउने सम्भावना छ ?
आउने सम्भावना प्रवल छ, यदि डाक्टरले अनुमति दिनुभयो भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot