Logo

संसद्मा कांग्रेस: दलगत रूपमा रामहरि बोल्ने, रविलाई गगनले काउन्टर दिने



काठमाडौं,२८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ ।

बानेशवरस्थित ल्होतसे हलमा बसेको बैठकले आजबाट सुरु हुने संसद्को अधिवेशनमा सहकारी ठगीमा जोडिएका रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दलको नेताको रुपमा संसद्मा बोल्न दिने निर्णय गरेको छ ।

आज बस्ने संसद्को बैठकमा सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रमा छ । कांग्रेस संसदीय दलमा भएको निणएय अनुसार दलीय रूपमा बोल्दा कांग्रेसको तर्फबाट रामहरि खतिवडा बोल्नेछन् । त्यसपछि दलीय रूपमा लामिछानेलाई पनि बोल्न दिने कांग्रेसले निर्णय गरेको छ ।

तर, लामिछानेले बोलेको सुनेपछि कांग्रेसले ढ्यापढ्याप पार्ने भएको छ । त्यसपछि महामन्त्री गगन थापाले रवि लामिछानेलाई जवाफ फर्काउने योजना तय गरिएको छ ।

कांग्रेसले सहरकारीको रकम घोटालाको छानबिनका लागि संसदीय छानबिन समिति बनानुपर्ने अडान भने यथावत राखेको छ । समिति बनाउन तयार नभए संसद चल्न नदिने कांग्रेसको रणनीति छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot