Logo

२४ हजार पटक फोन गरेर गुनासो पोखेपछि पक्राउ



जापानमा ७१ वर्षका वृद्धाले टोल फ्रि नम्बरमा २४ हजार पटक फोन गरेपछि गिरफ्तार भएका छन् । यो घटना साइता शहरको हो । ती वृद्धाको नाम एकिटोशी ओकामोटो हो । पछिल्लो दुई वर्ष यता एक टेलिकम कम्पनिको खराब सेवाको लागि गुनासो गर्ने व्यक्तिको रुपमा उनले दुःख दिएका हुन् ।

हप्तादिनमा ४११ कल

ओकोमोटोले टेलिकम कम्पनि केडीडी मा एक दिनमा करिव ३३ र एक हप्तामा लगभग ४११ पटक कल गरेका थिए । उनको भनाई अनुसार रेडियोले ब्रोडकास्टको सिग्नल समातेको थिएन, जसका कारण दुःखी भई उनले कम्पनिमा कल गरेका थिए ।

कम्पनिको अनुसार २ वर्षमा ओकोमोटोले करिव २४ हजार पटक गुनासो सहितको कल गरेका थिए । उक्त कम्पनिले केही समय त गुनासो पनि सुन्यो र उक्त गुनासोको वेवास्ता गर्ने कोशिश पनि गर्यो । तर, धेरै नै कल आएपछि कम्पनिले ओकामोटो विरुद्ध सख्त रुपमा कदम उठाएकोे हो ।

जापानको कानुन अनुसार कसैको नियमित पेशामा हस्तक्षेप गर्नु अपराध हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot