Logo

गौरिका बनिन् १३ औं सागमा सर्वाधिक पदक जित्ने नेपाली खेलाडी



काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले देशका लागि सबैभन्दा बढी पदक जितिसकेकी छिन् । उनले पौडीमा दुई स्वर्ण र एक रजत जितिसकेकी छिन् ।

शुक्रबारसम्म उनी समान दुई स्वर्णसहित अन्य खेलाडीसँग बराबरीमा थिइन् । तर, महिला एक सय मिटर ब्याकस्ट्रोकमा रजत जित्दै उनले तीन पदक आफ्नो नाममा लेखाइन् । पौडीमा ऐतिहासिक स्वर्ण जितिसकेकी उनले सागमा नेपाली खेलाडीमध्ये सबैभन्दा बढी पदक जित्ने खेलाडीमा नाम लेखाइसकेकी छिन् ।

गौरिकाले दुई सय मिटर फ्रिस्टाइल र ब्याकस्ट्रोकमा स्वर्ण जितिसकेकी छिन् ।

पौडी
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल) स्वर्ण
गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक) स्वर्ण
गौरिका सिंह (महिला १०० मिटर ब्याकस्ट्रोक) स्वर्ण



प्रतिक्रिया दिनुहोस्