Logo

मालपोतका सुब्बमाथि अख्तियारको मुद्दा



काठमाडौ २६ मंसिर । मालपोत कार्यालय काभ्रेपलान्चोकका नायब सुब्बा रोसकाजी जस्पाऊमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २० हजार घुससहित पक्राउ परेका उनीमाथि बिहिबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार खरीद विक्री भएको जग्गाको राजस्व र लाभकरसमेत दाखिला नभएको जग्गाधनी प्रमाणपूर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राही बाट घुस रकम माग गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय काभ्रेपलान्चोकका नायव सुब्बा जस्पाउले खरिद बिक्रि भएको जग्गाधनी प्रमाण पुर्जा लिने प्रयोजनको लागि गएका सेवाग्राहीलाई राजश्व, लाभकार संकलन गरिसकेको कामको लागी विभिन्न बहानामा बनाई घुस रकम माग गरि अफ्ठेरोमा पारी घुस दिन बाध्य बनाई सेवाग्राही बाट २० हजार लिएपछि पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को कसुर भएको पुष्टि भएकोले उनीमाथि आरोपपत्र दायर गरिएको कोइरालाले बताए ।



प्रतिक्रिया दिनुहोस्