Logo

पौडेल भेट्न बोहराटार पुगे देउवा



काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास पुगेका छन् । पछिल्लो समय नेताद्धय देउवा र पौडेलबीच दुरी बढेको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले एकलौटी रुपमा पेलेर जान खोजेको भन्दै पौडेल समूहले बैठक नै बहिष्कार गरेपछि उनीहरुबीचको विवाद उत्कर्षमा पुगेको थियो ।

तर, यो बीचमा दुवै समूहका दोस्रो तहका नेताहरुले देउवा र पौडेलबीच सहमति खोज्ने प्रयास गरेका थिए । तर, उनीहरुको तहमा सहमति हुन नसकेपछि देउवा आफैं पौडेललाई भेट्न आज उनको निवासमा गएका हुन् । कांग्रेसको केन्द्रिय समिति बैठक भोलि बस्दैछ ।

भोलिको बैठकमा के-के विषयमा छलफल गर्ने भन्नेबारे अहिले अन्यौल छ । त्यही भएर शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । पौडेलसँग सहमति खोज्नको लागि उपसभापति विमलेन्द्र निधि लिएर देउवा पौडेल निवास पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot