Logo

अधिकृतको कमाइ साढे १० करोड



काठमाडौं, मंसिर ३० । लेखापालबाट सरकारी सेवामा प्रवेश गरी उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान्? एक करोड, डेढ करोड या दुई करोड ? तपाईलाई पत्यार नलाग्ला सक्छ। तर भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे १० करोड रुपैयाँ कमाएका छन्।

तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ कमाएका हुन्। बस्नेतले तलबभत्ता, टिएडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेरमात्र उक्त रकम कमाएका भने होइनन्। उनको वैध आम्दानी पौने दुई करोड रुपैयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रुपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ।

बस्नेतले भन्सार अधिकृतको रुपमा काम गर्दा विदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ व्यवसायी एवं भन्सार एजेन्टसँग गैरकानुनी रुपमा घुस लिएर अकुत सम्पत्ति कमाएको छानबिनबाट खुलेको अख्तियारले जनाएको छ।

भोजपुर षडानन्द नगरपालिका–११ स्थायी घर भएका बस्नेत अहिले काठमाडौं महानगरपालिका–४ धुमबराही बस्छन्। २०४५ सालमा लेखापाल पदबाट सेवा प्रवेश गरेका बस्नेतको २०७६ असार मसान्तसम्मको वैध आम्दानी एक करोड ७८ लाख २० हजार नौ सय ७५ रुपैयाँ मात्र देखिएको छ। उनले अन्य रकम भ्रष्टाचार गरेर कमाएको अख्तियारको छानबिनबाट देखिएको छ।

२०४५ सालमा लेखापाल पदबाट सेवा प्रवेश गरेका कृष्णबहादुर बस्नेतको २०७६ असार मसान्तसम्मको वैध आम्दानी एक करोड ७८ लाख हुन आउँछ। तर उनले त्यस अवधिमा १० करोड ५६ लाख रुपैयाँ कमाएको अख्तियारको छानबिनबाट देखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot