Logo

मैदा र चिनीले अनिन्द्राको समस्या



अनिन्द्रा भनेको देख्दा सामान्य भएपनि भोग्नेलाई ठुलो समस्या हो । सामान्य चिज भने होइन, यो राती अबेर सम्म निन्द्रा नलाग्ने र धेरै कोशिस गरेपछि मात्र निदाउने समस्या हो । यसको अधिकतम पीडितहरु अमेरिकामा छन ।

अनिन्द्राले एउटा व्यक्तिको दैनिक जीवनमा मात्र असर गर्दैन , तर यसले उसको स्वास्थ्यमा पनि ठुलो असर गर्छ । निन्द्राको अभावले ह्रदय रोग, मधुमेह र डिप्रेसनको जोखिम बढाउँछ । वैज्ञानिकहरु अनिन्द्राको कारण र उपचार पत्ता लगाउन निरन्तर प्रयास गरिरहेका छन् ।

यसबाट पिडित वयस्क र बुद्ध बढी जोखिममा

गलत खानपानको कारण व्यक्तिको निन्द्रामा असर गर्न सक्छ । कोलम्वियामा गरिएको अनुसन्धानमा खानामा परिष्कृत कार्बोहाइड्रेट र चिनि धेरै हुने हुनाले अनिन्द्रको समस्या हुनसक्छ । अनिन्द्राको कारण विशेष गरि ५० वर्ष माथीका मानिसलाई बढी पिडित छन् ।

कार्बोहाइड्रेट युक्त खाना बढी खादा निन्द्राको अभाव हुन्छ । र व्यक्ति अनिन्द्राको सिकार हुन्छ । चीनी, मैदा, सोडा, कुकिज, सेतो चामल र रोटी जस्ता खानाले अनिन्द्रा को समस्यालाई प्रश्रय दिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot