Logo

धमाधम लिजमा ट्रस्टको जग्गा



काठमाडौं, पुस १२ । नेपाल ट्रस्ट अन्तर्गतको सम्पत्ति सरकारले धमाधम व्यापारिक प्रतिष्ठानलाई दिन थालेको छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उद्देश्यविपरीत ट्रस्टको जग्गा लिजमा लगाउन थालिएको हो।

ट्रस्ट स्थापना भएको १२ वर्ष भइसक्दा पनि उद्देश्यअनुरूप चलअचल सम्पत्ति वितरण हुन सकेको छैन। देशभर ट्रस्टको स्वामित्वमा २१ हजार ५ सय ६३ रोपनी जग्गा छ। पूर्वराजा वीरेन्द्र शाहसहित उनको परिवारका सदस्यको नामको सम्पत्ति ट्रस्टअन्तर्गत ल्याइएको थियो।



प्रतिक्रिया दिनुहोस्