Logo

भर्खर जन्मेको बच्चाको निधारमा त्रिशुलको निशान



भारतको रामगढमा आश्र्चयलाग्दा बच्चा जन्मिएको छ । उक्त बच्चाको निधारमा त्रिशुलको निशाना देख्न सकिन्छ । यसै वर्षको १० अगस्ट मा जन्मिएको त्यो बच्चालाई हेर्नको लागि टाढा टाढाबाट पनि आउने गरेका छन् ।

आश्र्चय लाग्दा यो बच्चाको निधार, कुम र छातीमा हरेक दिन त्रिशुल, स्वस्तिक, ऊँ र त्रीनेत्र आदिको तस्बिर बदलिरहन्छ ।
कोही यी बच्चालाई शिव, कोहीले विष्णु त कोहीले दुर्गा मानिरहेका छन् । दैनिक विहान अरुण कुँवरको घरमा मानिसहरुको निकै भीड लाग्ने गरेको जनाइएको छ ।

बच्चाको निधारमा स्पस्ट देखिएको त्रीशुल बेलुका पख मधुरो हुदै जाने र रातमा हराउने गरेको बताइएको छ । भोलिपल्ट यो आकृति पुनः देखिन्छ ।

यो बच्चा पुरै स्वस्थ रहेको पारिवारीक श्रोतले जनाएको छ । डाक्टरहरुले ब्लड कैपलरी डिफेक्ट से हिमान्जयोमा नामक रोगका कारण यस्तो समस्या आउन सक्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot