काठमाडौ, १६ पौष । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।
दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको थियोे।
उनको बुधबार नै देउनिया खोलामा दाहसंस्कार गरिने बताइएको छ । –रासस