Logo

९० वर्षकी महिलाको खुबीको कारण चर्चामा



९० वर्षसम्म स्वस्थ भएर बाँच्न कठिन छ । तर, जवान मानिसले जसरी नै ९० वर्षीया वृद्ध काम गर्न सक्छिन् । नियमित काम आफै गर्छिन् र आफ्नो नियमित पेशा छाडेकी छैनन् ।

जापानकी यी महिलाको नाम किमीको निशिमोट हो । यीनले ९० वर्षको उमेर फोटोग्राफी गरिरहेकी छिन् । नाशिमोटोले खिचेको र सम्पादन गरेको फोटो निकै राम्रो देखेर मानिसहरु दंग पर्छन् । उनलाई ७० वर्षमा आफ्नो छोराले फोटोग्राफी कक्षा शुरु गराएका थिए ।

यो उमेर अन्य मानिसहरुको लागी आराम गर्ने मानिन्छ । उठ्न बस्न नै गाह्रो हुने र विभिन्न रोगले समात्ने उमेरमा निशिमोटोले नयाँ नयाँ स्थान गएर फोटो खिच्ने गरेकी छिन् । किमीको लक्ष्य मानिसहरुलाई हसाउने र खुशी राख्ने रहेको बताएकी छिन् । उनको यो कोशिशको विश्वभर प्रशंशक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्