Logo

१२ वर्षका दाजुको ११ वर्षकी बहिनीसँग धुमधामसँग विवाहको छिनोफानो



आफ्नो भाई बहिनी त टाढाको कुरो एउटै गोत्रमा त हाम्रो संस्कारमा विवाह गरिदैन । तर, एक बु्बा आमाले आफ्नै छोरा र छोरीको विवाहको छिनोफानो नै गरिदिएका छन् । उनीहरुले १२ वर्षको छोरालाई आफ्नै बहिनी विवाहको छिनोफानो गरिदिएका हुन् ।

घटना मिश्रको हो, जहाँ १२ वर्षको बच्चासँग उसको सानो बहिनीको माया बसेको थियो । उनीहरुलाई गाली गनुृको सट्टा बुबा आमाले नै बाजागाजा सहित विवाहको छिनोफानो गरिदिएका छन् । छिनोफानो पछि यीनीहरुको विवाहको समेत तयारी भइरहेको जनाएको छ ।

उनको सबै परिवार खुशी भइरहेको बेला केही सामाजिक संगठनहरुले विरोध जनाएका थिए । ११ वर्षकी ग्राहक र १२ वर्षको ओमर नाताका दाजु बहिनी हुन् । अमरका बाबुले यो वैवाहिक छिनोफानो कार्यक्रमले कुनै गलत नभएको बताएका छन् ।
उनले यो विवाह नभई छिनोफानो मात्र भएको जनाएका छन् ।

मिश्रको कानुन अनुसार १८ वर्ष भन्दा पहिला विवाह गर्नु गैरकानुनी मानिन्छ । यस नियमलाई मध्येनजर गर्दै सामाजिक कार्यकर्ताले यसको विरोध गरिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot