Logo

युवतीले कुकुर छाड्न नमानेपछि रोकियो विवाह



भारतको एक युवतीलाई विवाहको लागि प्रस्ताव आएको थियो । ती युवतीलाई कुकुर धेरै मन पर्ने हुनाले ऊसँग समय बिताउने गरेकी थिइन् । त्यही कुकुरको कारण युवकले विवाह रद्द गरेका हुन् ।

करिश्मा वालिया नाम गरेकी युवतीसँग एक युवाले पारीवारिक सहमतिमा कुराकानी गर्दै आएका थिए । प्रस्ताव राख्ने युवा हेर्दा राम्रो, आम्दानी पनि राम्रो र आफुलाई सुहाउँने भएको युवतीले बताएकी छिन् ।

उनीहरुको व्हाँट्सएपमा भएको कुराकानीको क्रममा विवाह पछि पनि पपी आफ्नो साथ राख्ने युवतीले बताएपछि ती युवालाई मन नपरेर उनीहरुको हुन लागेको विवाह रद्द भएको हो ।

ती युवाले आफ्नो लव लाइफको बिच कुकुर आउन नहुने भन्दै आफ्नो आमालाई पनि मन नपर्ने म्यासेजमा उत्तर दिएका थिए । युवाको गरेको निर्णयलाई भन्दा करिश्माले देखाएको कुकुर प्रति मायाको व्यापक चर्चा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot