Logo

चक्कु खाने मानिसको पेटबाट डाक्टरले निकाले ४० चक्कु



भारतको पंजाब शहरको एक आश्चर्य लाग्दो विषयले चर्चा पाइरहेको छ । डाक्टरहरु पनि छक्क परेका छन् । ४२ वर्षका जरनैल सिंहको एक अस्पतालमा अपरेसन गराइएको थियो ।

सर्जनको टिमले उनको पेटबाट ४० वटा चक्कु निकालेका थिए । यति धेरै चक्कु देखेर डाक्टरहरु पनि अचम्ममा परेका थिए ।
डाक्टरसँग पछिल्लो दुई महिनामा एक्कासी चक्कु खाने तीव्र इच्छा भएकाले आफूले चक्कु खाएको बताएका थिए ।

सिंहलाई चक्कु खान धेरै राम्रो लाग्ने पनि बताए । यसकारण दुई महिनामा उनले ४० चक्कु खाएका थिए । चक्कु खाएपछि उनलाई पेटमा दुखाई शुरु भएको र अस्पतालमा अल्ट्रासाउन्ड गर्दा क्यान्सर जस्तो देखिएको थियो । अपरेसन गर्ने डाक्टरहरुको टिमले अहिलेसम्मको ठूलो सर्जरी भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot