Logo

भोकै नलाग्ने ७ वर्षकी बच्ची



बढ्दै गरेका बच्चाहरुलाई छिटो छिटो भोक लाग्ने गर्छ । तर एक अचम्मको रोगबाट पिडित भएको कारण एउटी बच्चीलाई भोक लाग्दैन । अलीवियालाई भोक लाग्दैन । उनको सुत्ने समय पनि थोरै हुन्छ । उनी तीन दिनमा एक पटक मात्र मुश्किलले सुत्ने गर्छिन ।

यीनलाई क्रोमोसोम ६ डिलिशन डिसअर्डर रोग लागेको छ । यो रोग विश्वमा एक व्यक्तिलाई हुने गर्दछ । डिसअर्डरको तीन लक्षण मात्र हुन्छन् । उनकी आमाले एकपटक अलिवियालाई गाडीले परसम्म घिसार्दा आफू निकै डराए पनि उनलाई केहि दुखाई नभएको बताएकी थिइन् ।

आफ्नो छोरीमा उक्त रोगका कारण कत्ति पनि डर नभएको उनले जानकारी दिएकी हुन् । अलीवियालाई कतिबेला के हुन्छ भन्ने थाहा नहुने पनि उनकी आमाले बताएकी छिन् ।

उनका चार भाइबहिनी छन् । उनलाई औषधी दिएका कारण केही खान र सुत्न पाएकी छिन् । डिसअर्डरको उपचार संभव नहुने तर यसका लक्षण पत्ता लगाएर स्थितिको नियन्त्रण गर्न कोशिश गर्नुपर्ने डाक्टरहरुले सुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot