Logo

महिला फल्ने रुख ! (भिडियोसहित)



आजसम्म रुखमा फुल फुलेको देखिएको छ तर एउटा रुखमा महिला नै फल्ने गरेको भने पहिलो पल्ट सुनिएको हो । भारतको एउटा रुखमा महिलाको आकृतिको फुल फुल्छ । यसलाई देखेर सबै मानिस दंग परेका छन् ।

यो फुलको बनावट ठ्याक्कै महिलाको जस्तो हुन्छ । नारीलता नामको यो फुल हिमालयमा पाइन्छ । विशेषज्ञको अनुसार यो फुल २० वर्षमा एक पटकमात्र फुल्ने गर्छ । यसलाई हेर्दा प्रकृतीको अनौठौ लिला महसुस हुने गर्छ । रुखमा झुन्डिएका गुडिया जस्ता देखिए पनि यीनीहरु फुल नै हुन् ।

उक्त फुल श्रीलंका र थाईल्यान्डमा पनि पाइने जनाएको छ । जहीँ तहीँ यो फुल पाइदैन । हिमालयमा अनेक किसिमको वातावरण र विचित्रको रहस्य पनि भेटिने गरेको छ । हिमालयलाई भगवान शिवको घर पनि भनिन्छ । करोडौ वर्षदेखि ऋषिमुनिहरुले तयस्या गर्ने पनि स्थान पनि भन्ने गरिन्छ ।

आँर्किडासिए परिवारको यो फुल हाबेनरिया प्रजातिको हो । हाबेनरिया प्रजातिका सबै फुल ट्युबर युक्त अर्किड हुन्छन् । यसलाई श्रीलंकामा लियाथाबरा माला भनिन्छ । जसको १० फरक फरक प्रजाति हुन्छन् । थाइल्यान्डमा नारीपोल भन्ने गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot