Logo

प्रत्येक तस्बिरबाट दश लाख कमाउने जोडी



एउटा जोडीले प्रत्येक तस्बिरबाट दश लाख नेपाली रुपैयाँ बराबरको डलर कमाइरहेका छन् । उनीहरु जब इन्स्टाग्राममा तस्बिर पोष्ट गर्छन् तब आठ देखि दश लाख रुपैयाँ बराबरको डलर कमाइहाल्छन् ।

यसरी पैसा कमाउने जोडी हुन् २६ वर्षका जैक मोरिस र उनकी प्रेमिका लाँरेन बुलेन । यो जोडीले विश्वभर घुमेर ब्रान्ड र लोकेशनको प्रमोट गरेर लाखौ रुपैयाँ कमाएका हुन् । यीनीहरु जहाँ घुम्छन त्यो लोकेशनको इस्टाग्राममा शेयर गर्ने गरेका छन् । उनीहरुले शेयर गरेबापत ब्रान्ड र लोकेशनका मालिकले धेरै पैसा दिने गरेका छन् ।

एक फोन कम्पनिबाट तीन दिनमा पाँच फोटो अपलोड गरपछि २२ लाख रुपैयाँ दिने मोरिसले बताएका छन् । यो जोडीको इस्टाग्राममा ३० लाख भन्दा बढी फलोअर्स रहेका छन् । यीनीहरुको ट्रैवल ब्लग पनि छ । डु यु ट्रैवल को नामको यस ब्लकमा पनि आफ्नो फोटो शेयर गर्छन् ।

यीनीहरुरुले राखेको तस्विरका क्याप्सन धेरै आर्कषित हन्छन् । मानिसहरु यो क्याप्सन देखेर पनि घुम्न जाने गर्छन् । मोरिसले बैंकक को उडान भर्दा खिचेको तस्बिर सामाजिक संजालमा शेयर गर्दा आएका राम्रा प्रतिक्रियाले उनीहरुको कमाई बढेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot