Logo

भोकाएको बाख्राले ६६ हजार रुपैयाँ चपाएपछि…



एक व्यक्तिको बाख्रालाई निकै भोक लागेकोले आफ्नो मालिकको पर्सको पैसा नै चपाइदिएको छ । किसान सर्वेश कुमारले ईट्टा खरिद गर्नको लागि जम्मा गरेको रकम बाख्राले खाइदिएको हो । बाख्राले चपाइरहेको देखेर कुमार नजिक गए । उक्त समयमा बाख्राले ३३ नोटमा ३१ नोट चबाइसकेको थियो ।

आफ्नो पाइन्टको पर्समा राखेको ६६ हजार रुपैयाँ बाख्राले खाइदिएको कुमारले बताएका छन् । उनले बाख्रा आफ्नो लागि बच्चा समान भएको पनि बताएका छन् । आफूले दुई नोटमात्र बचाएको जनाएका छन् । उक्त बाख्रालाई हेर्नको लागि पुरै गाउँका मानिस आएका थिए ।

छिमेकीहरुले पशुचिकित्सककोमा गएर बाख्रालाई उल्टी आउने औषधी खुवाएर सबै ओकल्दा पैसा निस्कन सक्ने सल्लाह दिएका भएपनि आफूले त्यसो नगरेको बताए । आफूले पालेको जनावर आफ्नो सन्तान जस्तो हुनेहुनाले ऊप्रति क्रुरता गर्न नसकिने उनको परिवारको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot